Logo

मनोरञ्जन

अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा काठमाडौंमा, किन जाँदैछन्‌ मुस्ताङ ?



काठमाडौं, १९ असोज – बलिउडका तीन कलाकार नेपाल आएका छन् । फिल्म ‘उचाई’ को सुटिङका लागि उनीहरू नेपाल आएका हुन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका हुन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानका अनुसार बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि नेपाल आएका हुन् ।

टोली सोमबार काठमाडौं आए पनि सुटिङस्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाङ्कन गर्ने कार्यक्रम छ ।

चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगेको थियो ।

मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने बताइएको छ । यस्तै नेपालमा अन्य स्थानसमेत छनोट भएको बताइए पनि थप खुलाइएको छैन ।

यसैबीच, अभिनेता अनुपम खेरले लामो समयपछि काठमाडौं आउने मौका मिलेको भन्दै ट्वीटरमार्फत खुशी व्यक्त गरेका छन् ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल