Logo

राजनीति

रञ्जीत कर्णको उद्घोष, ‘दोश्रो पुस्ता र युवाको हस्तक्षेपकारी सहभागिता, कांग्रेस पहिलो पार्टी बन्ने सुनिश्चितता’



काठमाडौं – संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले पार्टीको पुस्तान्तरणसँगै रुपान्तरणको प्रक्रिया शुरु हुने बताएका छन् । एशिया सञ्चारसँगको विशेष कुराकानीमा नेता कर्णले पहिलो पुस्ताको पार्टी नेतृत्वले सम्मानजनक स्थान ग्रहण गर्दै दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका कर्णले अब नेपाली कांग्रेसलाई नयाँ सोच र नयाँ नेतृत्वको साथ अगाडि बढाउनुपर्ने आवश्यक रहेको बताए । नेता कर्णले नेतृत्वमा जो आए पनि अधिकांश पदाधिकारीमा युवासहित दोश्रो पुस्ताले स्थान लिनुपर्ने बताएका छन् । यसका लागि दोश्रो पङ्क्ति र युवा नेताहरू तयार रहनु पर्ने उनको भनाई छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई अतुलनीय योगदान गरेको बताउँदै नेता कर्णले उनीहरूलाई सम्मानित स्थानमा राखेर युवाहरुले पार्टी सञ्चालनको भूमिको लिनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसमा युवापुस्ताको पकड अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै कर्णले आगामी निर्वाचनमा युवाहरूलाई अगाडि बढाउँदै पार्टीलाई पहिलो नम्बर ल्याउनु पर्ने धारणा राखेका छन् ।

‘नेपाली कांग्रेसमा युवा पुस्ताको पकड अभिवृद्धि गर्दै अघि बढेमा आगामी निर्वाचनमा बहुमतसहितको सरकार बनाउँदै संसद्को पहिलो पार्टीको रुपमा स्थापित गर्न सकिन्छ,’ उनले थपे ।

नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमतसहितको सरकार बनाउने गरी पहिलो पार्टीको हैसियतमा उभ्याउनुपर्नेमा जोड दिएका कर्णले पार्टीलाई नयाँ सोच र नयाँ नेतृत्वका साथ अगाडि बढ्न सकेमा मात्रै यो सम्भव रहेको बताए ।

‘नेपाली कांग्रेसलाई अब नयाँ ढंगले र नयाँ कार्यक्रमका साथ अगाडि बढाउनु पर्छ, वीपी कोइरालाको समाजवादी विचारलाई नेपाली समाजमा समयसापेक्ष रुपमा कार्यान्वयन गर्दै नयाँ नेपाल निर्माणको दिशातर्फ अब नेपाली कांग्रेसको नेतृत्व अग्रसर हुनुपर्छ, यसो गरेमा नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन गर्नुपर्ने अवस्था रहँदैन,’ कर्णले भने ।

नेपाली कांग्रेसमा दोश्रो पुस्ताका नेताहरूले पार्टीलाई नयाँ जाँगर र रुपान्तरणसहितको बनाउनेतर्फ केन्द्रित हुन सैद्धान्तिक बहस र राजनीतिक कार्यक्रमहरू तय गर्नुपर्नेमा कर्णको जोड छ ।

‘यदि दोश्रो पुस्ताको नेतृत्वले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नका लागि कार्यक्रम ल्याउन सक्दैन भने हामी तेश्रो पुस्ताका नेता–कार्यकर्ता तयार छौं,’ कर्णले भने।

रमेश खरेलको राजनीतिक यात्रा अब कसरी ? (भिडियो)

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल