Logo

मनोरञ्जन

के साँच्चै नागा चैतन्य र सामन्था डिभोर्स गर्दै छन् ?



काठमाडौं – दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्थाको र उनको श्रीमान नागा चैतन्यको सम्बन्धबीच चर्चा हुने गरेको छ। पछिल्लो समय उनीहरुको सम्बन्धविच्छेदको खबर निकै चर्चामा छ।

दक्षिण भारतीय फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी डिभोर्सको तयारीमा रहेकी छिन्। सामन्थाको दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका स्टार नागार्जुनका छोरा स्टार नागा चैतन्यसँग २०१७ मा विवाह भएको थियो।

निकै नि सुन्दर जोडीका रुपमा चिनिएका उनीहरुको केही समयअघिदेखि वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर सार्वजनिक भएको थियो। समाचारअनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन्।

सम्बन्धविच्छेदको खबर चर्चामा रहेकै बेला सामन्था हैदराबाद छोडेर मुम्बाइ जान लागेको खबर पनि बाहिरिएको छ। खबरहरु बाहिररहेका बेला सामन्थाले इन्स्टाग्राममा फ्यानहरुको धेरै प्रश्नहरुको जवाफ दिएकी छिन्।

एक फ्यानले सामन्थालाई सोधेका छन् हैदराबाद छोडेर मुम्बाइ किन जान लाग्नुभएको ? उक्त प्रश्नमा उनले भनेकी छिन्- “यी सबै कुराहरु झुटा हुन् म हैदराबाद छोडेर कतै जान लागेकी छैन।” तर यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन्। यसको कारण नागाको सन्तान जन्माउने चाहना रहेको तर सामन्था भने आफ्नो करियरको उत्कृष्ट समयमा पुगेकाले तत्काल सन्तान जन्माउन चाहन्नन्।

सन्तान जन्माउँदा फिल्म छाड्नु पर्ने भएकाले उनी फिल्म छोड्न चाहन्नन्। विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन्।

तर केही समय अघि सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान भारतीय मिडियाले लगाएका थिए। नागार्जुनले हैदराबादमा आफ्नो छोराको लागी पार्टी आयोजना गरेका थिए। जसमा आमिर खान पनि उपस्थित थिए, तर सामन्था उक्त पार्टिमा कतै पनि देखिएकी थिइनन्। यद्यपी, अक्किनेनी परिवारले अहिलेसम्म यो समाचारमा कुनै पनि प्रतिक्रिया दिएको छैन।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल