Logo

धर्म

सबैभन्दा धेरै मुस्लिम भएको देशको नोटमा किन राखियो गणेशको फोटो ?



काठमाडौं – विश्वकै सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश भनेर चिनिने इन्डोनेसियाको मुद्रामा हिन्दू धर्म र नेपालमा पुजनीय गणेशको तस्वीर छापिएको छ। केबल ३ प्रतिशत मात्रै हिन्दुहरु रहेको उक्त देशमा रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छापएको छ।

नेपालमा भने रुपैंया चल्छ भने यहाँको मुद्रालाई नेपालसँग मिल्दोजुल्दो लाग्ने ‘रुपियाह’ भनिन्छ। आखिर किन मुस्लिम देशमा भगवान गणेशको फोटो राखियो ?

यस्तो छ कारण:

इन्डोनेसियामा करिब ८७ दशमलव ५ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्दछन्। हिन्दूहरु केबल ३ प्रतिशत छन्। रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छ।

त्यहाँका बासिन्दाले गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको विश्वास गर्ने भएकाले नोटमा गणेशको फोटो छापिएको बताइन्छ। भगवान गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ।

२० हजारको नोटको अघिल्तिर गणेशको र पछिल्लो भागमा कक्षा कोठाको तस्वीर छ, जसमा शिक्षक र विद्यार्थी देखिन्छन्। भनिन्छ केही वर्ष अघि इन्डोनेसियामा आर्थिक मन्दी आयो।

त्यसपछि त्यहाँका अर्थविज्ञहरुले निकै बहस र छलफल गरे अनि २० हजारको एउटा नोट जारी गरे, जसमा गणेशको तस्वीर छापियो। त्यसपछि त्यहाँको अर्थव्यवस्था अलि बलियो भयो र त्यहाँका बासिन्दाहरुमा यो मान्यता छ कि गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको हो।यहि कुराले भने धेरै देशहरु अस्चार्यमा परेका थिए त कतिले त देश बिपरित दिशा तिर गएको भन्दै आलोचना पनि गरेका थिए।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल