Logo

विज्ञान/प्रविधि

फोन उठाउँदा किन हेलो भनिन्छ ? यस्तो छ रोचक इतिहास



काठमाडौं– आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोबाइल फोन छ। मोबाइल हाम्रो दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ। यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’। तपाइँले कहिल्यै सोच्नुभएको छ, मानिसहरुले फोन उठाउँदा किन हेलो भनेर कुरा सुरु गर्छन् ? यो कहाँबाट सुरु भयो ?

यसरी शुरु भयो हेलोको शब्द

सर्बप्रथम अलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार शुरू गरेका थिए। टेलिफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसँग कुरा गरेका थिए।

टेलिफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो। त्यसक्रममा मानिसहरु “आर यू दियर” र (Ahoy) भनेर कुराकानी शुरू गर्दथे। त्यस क्रममा थोमस एडिसनले यसलाई HELLO शब्दको प्रयोग गरे।

त्यस समय यी दुइ कुरामा मानिसहरु विभाजित भए समय क्रमसंगै पछि थोमसले भनेको “hello” नै धेरै प्रचलनमा आयो र अहिले सम्म त्यहि नै छ।

तर यो किन कसरी भनियो भन्ने कुरा आज सम्म पनि प्रस्ट छैन। कसैले कसैले यो शब्द फोन निर्माता ग्राहम बेलकी प्रेमिकाको नामबाट आएको शब्द हो भनि दाबि गरेका छन्। तर त्यो समाचार झुट भएको छ। उनको प्रेमिकाको नाम कुनै त्यस्तो थिएन। त्यो एउटा मिथ्या मात्र थियो।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल