Logo

समाचार

यसरी बनाउनुहोस् दशैँका लागि शुद्ध शाकाहारी (रेसिपीसहित)



काठमाडौं – नेपालीको महान चाड बडादसैं सबैको घर आँगनमा आइपुगेको छ। मिठो खाने र राम्रो लाउने चाड भनेर चिनिएको दसैंमा खानाकै कारण स्वस्थ्यमा विभिन्न समस्या आउने गरेका छन्।

सामान्यभन्दा ज्यादा माछा–मासु खाने र शारीरिक कसरत कम हुने हुँदा पनि यस्तो समस्या आएको हो। दसैंमा खानाकै कारण कतिपयको तौल पाँच÷सात किलो बढेको हुन्छ। हप्ता–दस दिनसम्म लगातार माछा–मासु नियमित खानाले शरीरमा थुप्रै समस्या आइपर्छन्।

आबोगाडो सलाद : घ्युफल, काँक्रो, कगतीको रस, नुन, हरियो खुर्सानी, धनिया, जैतुनको तेल आदि हालेर सलाद बनाउन सकिन्छ, जुन अति नै मुलायम र स्वास्थ्यवद्र्धक हुन्छ।

पनिर बटर मसला : पनिरलाई रातो ग्रेभीमा हालेर क्रिम र बटर मिसाई इन्डियन मसलाको साथमा सजिलै घरमा बनाउन सकिन्छ।
पालक पनिर : पालकको पिउरी बनाएर पनिरमा मिसाएर काजु पेस्ट र इन्डियन मसला हालेर बनाउन सकिन्छ।

पनिर पसन्द्द : काजु, दूध, मक्खन, उसिनेको प्याज हाली बनाएको सेतो ग्रेभीमा पनिर हालेर बनाउन सकिन्छ र स्वादिस्ट हुन्छ।

कडाइ पनिर : पनिरमा फ्रेस मसला, कडाइ, मसला र भेडे खुर्सानी हालेर सुख्खा गरी पकाउन सकिन्छ।

मटर मसरुम : इन्डियन रिच पहेंलो ग्रेभीमा हरियो केराउ र च्याउ हालेर पकाउन सकिन्छ।

मकै पालक : पालकको पिउरीमा स्विट कर्न हालेर इन्डियन सादा मसलाको साथमा पकाइन्छ।

पनिर चिल्ली : चाइनिज ग्रेभीमा पनिर, भेडे खुर्सानी, प्याज, हरियो लसुन हालेर बनाउन सकिन्छ।

मसरुम छोइला : उसिनेको च्याउलाई डामेर लसुन, अदुवा, तोरीको तेल, कागती रस हालेर मेथी झानेर बनाइन्छ।

पनिर छोइला : पनिरलाई तेलमा तारेर चिसो नुनपानीमा भिजाएर च्याउ जस्तैगरी छोइला बनाउन सकिन्छ।

कुरिलो करी : एस्पारागस करी पनि सामान्य तरकारी जसरी आलु या च्याउमा मिसाएर बनाउन सकिन्छ र यो निकै स्वस्थ र स्वादिस्ट हुन्छ।

तोफु चिल्ली : तोफुलाई तेलमा तारेर नुनपानीमा भिजाएर पनिर चिल्ली जसरी नै सजिलै बनाउन सकिन्छ।

पानीर सादेको : पनिरलाई डामेर या तारेर नेपाली मसला र कागती हाली सादेर पनि खान सकिन्छ।

तरुल डामेको : उसिनेर सेलाएको तरुललाई ताछेर पातलो स्लाइस गरी नेपाली मसला मोलेर तवामा डामेर सुख्खा खान निकै स्वादिस्ट हुन्छ।

तरुल मसला : तरुललाई उसिनेर डाइस काटी गोलभेंडा, प्याज, अदुवा, लसुनको फ्रेस मसला बनाई नेपाली मसला हाली सुख्खा करी बनाएर खान सकिन्छ।

निउरोको तरकारी : निउरोको तरकारी पनि साकाहारीका लागि एक उपयुक्त र स्वस्थ्य विकल्प मानिन्छ र सजिलै बनाउन सकिन्छ।

उमारेको क्वाँटी सुप : ९ थरीका गेडागुडी भिजाएर उमारी पकाएर नेपाली मसला र घ्युमा ज्वानो झानेर खान सकिन्छ।

दाल मक्खनी : मासको गेडा दाल र राजमा भिजाएर पकाई इन्डियन मसला, क्रिम, बटर हाली बनाउन सकिन्छ र निकै स्वादिस्ट मानिन्छ।

पिँडालु हालेको दाल जिम्बु झानेको : कालो मासको दालमा पिँडालु हालेर पकाई घ्युमा जिम्बु हाली झानेको दाल पनि निकै लोकप्रिय मानिन्छ।

पनिर बिर्यानी : पनिरलाई दही हालेर बनाएको ग्रेभीमा बासमती चामललाई गरम मसला हालेर पकाउने।

नभरत्न करी : मुग्लाई तथा शाहीहरुको यो अति पोसिलो करी विभिन्न ९ सब्जी तथा फलफूल हालेर काजु र खुवाको रिच ग्रेभीमा बनाइन्छ।

मिक्स भेज बिर्यानी : दही र गरम मसला हालेर तयार गरिएको मिक्स भेज करीलाई ८० प्रतिशत पाकेको चामलसँग घ्यु र ड्राइफ्रुट हाली दम गरी पकाइन्छ।

फलदारी कोफ्ता बिर्यानी : काँचो केरा र ड्राइफ्रुटको कोफ्ता बनाएर बिर्यानी ग्रेभीमा हाली चामलसँग दम गरेर पुदिना, काजु र घ्यु हालेर पकाउन सकिन्छ।

पनिर पास्ता : पनिर हालेर सेतो क्रिमी र रातो दुवै ससमा पास्ताका साथमा चिज हालेर बनाउन सकिन्छ, जुन निकै स्वादिस्ट हुन्छ।

पनिर मसरुम पिज्जा : पनिर, च्याउ, चिज हालेर पिज्जा पनि बनाउन सकिन्छ, जुन साकाहारीका लागि उत्तम खाना मानिन्छ।

कोफ्ता कारी : आलु र मिक्स भेजको किमालाई बल बनाएर फ्राई गरी पहेलो रिच नट र क्रिमी ग्रेभीमा पकाउन सकिन्छ।

दाल पन्चमेला : पाँचथरीको दाल मिसाएर इन्डियन फ्रेस मसल र घ्यु या बटर हाली बनाउन सकिन्छ।

पनिर परौठा : पनिरलाई ग्रेट गरी मसला मोलेर आँटाको पिठोमा भरेर घ्यु या बटर हालेर बनाउन सकिन्छ।

आलु तामा बोडी : आलु, तामा, बोडी मिसाएर बनाएको नेपाली झोल तरकारी पनि साकाहारीका लागि उत्तम विकल्प हुन्छ।

मासको बारा : मासको दाल भिजाएर बोक्रा फाली, ब्यान्ड गरी लेदोलाई अदुवा लसुनको पेस्ट मिसाई नेपाली मसला हालेर तोरीको तेलमा बाबर हालेर बनाउन सकिन्छ, जुन नेपाली गोलभेंडाको अचारसँग निकै मिठो मानिन्छ।

दूधबरी : दूधलाई लामो समयसम्म पकाएर घटाई पकाएको र केसरी हालेर बनाएको एक स्वादिस्ट मिठाइ हो।

गुलाब जामन : खुवा र पिठोको मात्रा मिलाएर मुछेर फ्राई गरी चिनी र सुकुमेलको चास्नीमा पकाएर बनाइन्छ।

रसमलाई : दूधलाई फटाएर मज्जाले घोटीघोटी मुछेर डल्लो बनाई चिनीको चास्नीमा पकाएर बनाइन्छ।

गाँजरको हलुवा : ग्रेट गरेको गाँजरलाई घ्युमा भुटेर दूध, खुवा, काजु र किसमिस हाली पकाउन सकिन्छ। गाँजर जस्तै सुजी, पालक, चुकन्दर, मुग दाल, भेडे खुर्सानीको पनि हलुवा बनाउन सकिन्छ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल