Logo

मनोरञ्जन

‘महानायिका’ करिश्मा कि गौरी मल्ल ?



काठमाडौं – नेपाली सिने जगतमा ‘महानायक को ?’ भन्ने बिषय बेला बेलामा बहस भइ नै रहेको छ। नेपालमा भने राजेश हमाललाई महानायकको ट्याग दिइएको छ। तर यो कुरालाई लिएर सिने कर्मीहरु नै बेला बेलामा विवादमा तानी रहन्छन्।

भर्खरै मात्र कलाकार शोभित बस्नेतले एक कार्यक्रममा बोल्दै महानायाक राजेश हमाल महानायाक होइन भनेर भने पछि सामाजिक संजाल निकै ताती रहेको छ। यो विषयमा केही अगाडि चर्को बहस पनि भएको थियो।

कतिले महानायकको रूपमा अभिनेता राजेश हमालको वकालत गरे भने कतिले किन र के कारणले हमाल महानायक हुन् भन्दै प्रश्न उठाए।केही हमालको अभिनय क्षेत्रप्रतिको लगावलाई लिएर महानायक मान्न तयार पनि थिए भने कतिले त उनी सामाजिक हुन नसकेको, उनका राम्रो फिल्मको संख्या नभएको भन्दै महानायक मान्न आपत्ति जनाए।

महानायिका को ?

केहि समय पहिले करिश्मा श्रेष्ठलाई एउटा कार्यक्रम आयोजना गरि महानिकाको उपाधि दिइएको थियो। अभिनेता राजेश हमालको विशेष आतिथ्य तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा आर के ईण्टरटेन्मेण्टले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा करिश्मा मानन्धरलाई महानायिको उपाधि प्रदान गरिएको थियाे।

राजेश हमाल महानायक भएकाले कार्यक्रममा हमालबाटै करिश्मालाई महानायिकाको स्यासे लाउन लगाईएको थियो। अहिले फेरि ‘महानायिका’ को ? भन्ने विषयमा विवाद सिर्जना भएको छ।

जसको सूत्रपात अभिनेता भुवन केसीले गरे। भुवनले अभिनेत्री गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिए। उनको अभिनय क्षमताका कारण मल्ल ‘महानायिका’को उपाधिको हकदार रहेको भुवनले कार्यक्रममा स्पष्ट पारे।

सोही समारोहमा उपस्थित गौरीले भनिन्–‘कुनै पनि उपाधि धान्न सकिने हुनुपर्छ। उपाधिका लागि त्यस व्यक्ति लायक पनि हुनुपर्छ। पाउने व्यक्तिले पनि उपाधिको लागि आफू लायक छु या छैन भनेर अन्तरबोध गर्न आवश्यक छ।’

गौरीले आफूहरुले काम सुरु गर्दा उपाधि पाइन्छ भनेर नगरेको समेत स्पष्ट पारिन्। भनिन्–‘मैले काम सुरु गर्दा कुनै उपाधि पाइन्छ भनेर गरेकै होइन। विस्तारै हिँड्दै हिँड्दै यहाँ आएकी हुँ।

मलाई त यो देशमा कुनै पनि उपाधिको औचित्य छ जस्तै लाग्दैन। यहाँ त उपाधि भनेको कुनै पनि तस्वीरलाई भित्तामा सजाएर पूजा गरे जस्तो मात्र भएको छ। यसैले, मलाई यस्ता उपाधि चाहिएको पनि छैन। हामी काम गर्ने मानिस हौं, हामीलाई काम दिए पुग्छ।’

केका आधारमा महानायक वा महानायिका चुन्ने ?

नेपालमा मात्र हैन बलिउडमा पनि यस्तो बिषय विवादमा आइरहन्छ तर यसको मापदण्ड यो भन्ने कहीँ कतै केही पनि लेखिएको छैन। त्यसैले पनि यस्ता उपाधि सधैँ विवादमा रहने गर्दछ।

त्यस्तै नेपालमा पनि अहिले महानायक वा महानायिकाको उपाधि आफूलाई मन लागेको व्यक्तिलाई आफू खुसी दिँदा ‘महानायक’, ‘महानायिका’ कसलाई भन्ने सर्वसाधारणलाई अन्योल सधैँ पर्ने गरेको छ। सबैको मनमा यतिबेला पनि एउटै प्रश्न उब्जिएको छ। महानायक र महानायिका को ?

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल