Logo

राजनीति

डा. नारायण खड्का ‘परराष्ट्रमन्त्री’, सत्तापक्षीय दलबीच बन्यो यस्तो सहमति



काठमाडौं – सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । अब कांग्रेस सांसद् नारायण खड्का परराष्ट्रमन्त्री बन्ने लगभग पक्का भएको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको बालुवाटार श्रोतले बताएको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता डा. नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने अडान लिँदै आएका छन् ।

नेपाली कांग्रेसबाट नेता बालकृष्ण खाँणले गृह मन्त्रालय सम्हालिरहेका छन् । र, नेता ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा अर्थमन्त्री र नेतृ पम्फा भुसाल उर्जामन्त्री भएकी छिन् । यस्तै साउन १० गतेमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । त्यसबाहेक अरु सबै मन्त्रालय देउवाकै जिम्मामा छन् ।

सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने र अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको गठबन्धनका एक नेताले बताएका छन् ।

उनका अनुसार परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ । कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए खड्काले बुधबार पद तथा गोपनीयताको शपथ लिने बालुवाटार श्रोतको भनाई छ ।

अरु मन्त्रालय भागबण्डाबारे छलफल गर्न बुधबार फेरि बैठक बस्ने नेताहरूले बताएका छन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए।

डा. नारायण खड्काबारे रमेश खरेलको टिप्पणी (हेनुहोस् भिडियो)

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल