Logo

समाचार

स्वीजरल्याण्डमा बन्यो वीरेन्द्र नामको बियर, पूर्वराजाको सम्मान कि अपमान ?



काठमाडौं – नेपालीका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बाट ‘वीरेन्द्र बियर’ नामको ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ।

बियरको बोतलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटो समेत छ। Turbinenbräu नामको स्वीजरल्याण्डको कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड हर्ब्ड टाइलको बियरको श्रेणीमा राखिएको छ।

त्यस बीयरको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क पर्दछ। जुन नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउछ। बियर खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्।

यो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएकोले पनि यो कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्रो बजार लिएको भए पनि नेपालमा भने यसको बिरोध भएको छ।

धेरैले दिबंगत भएका राजाको अपमान भनि कमेन्ट गरेका छन्। तर नेपाल सरकारले भने यसको कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल