Logo

राजनीति

तीन वटै प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटीमा लैजाने एमालेको निर्णय



काठमाडौं, ४ असोज – नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ ।

आइतबार र सोमबार बसेको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटी बैठकमा लगिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन मस्यौदा, महासचिव ईश्वर पोखरेलले तयार पारेको संगठनात्मक प्रतिवेदन मस्यौदा र उपमहासचिव विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन मस्यौदा माथि स्थायी कमिटीमा छलफल भएको छ ।

यी तीन वटै प्रतिवेदन मस्यौदा माथि स्थायी कमिटी सदस्यहरुले राखेको टिप्पणी गरेका थिए । आगामी १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुको समेत सुझाव समेटिने भट्टराईले बताए । ८ र ९ असोजमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल