Logo

समाज

सुटिङमै अस्ताए कलाकार रमेश केसी



काठमाडौं – कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ। उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे, तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो । तर बचाउन सकिएन।’

छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ। उनी बिहानै सिरियल ‘हर्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए। लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ।

रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन्। उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए।

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल