Logo

मनोरञ्जन

कमेडी च्याम्पियनमा देखिएको त्यो दृश्य, जब रिमाले हतार–हतार हरिवंशलाई उछिन्न खोजिन्



काठमाडौं – शनिबार राति नेपालको कमेडी रियालिटी शो कमेडी च्याम्पियनको सिजन २ को विजेता घोषणा गरियो। उपाधि कमेडीयन भरतमणि पौडेलले जिते भने विककी अग्रवाल फस्ट रनरअप र सन्तोष थापा सेकेण्ड रनरअप भए।

त्यस्तै शोको फाइनलको अन्तिमतिर केही फरक दृश्य देखियो। तयारी कम भएकोजस्तो देखिएको कार्यक्रममा गेस्ट र हो।

कार्यक्रमका प्रमुख अतिथीद्वय मनदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विजेताको घोषणा गरे। जब, विजेताको नाम प्रमुख अतिथी हरिवंशको हातमा पर्यो। उनले भने, ‘एउटा नाग हुन्छ, त्यो नागमा मणी हुन्छ। त्यो नागको मणी भनेको अमुल्य हो। पैसाले पनि किन्न नसकिने हो। यो मणी जो कोहीले पाउँदा पनि पाउँदैन, छुट्याउन पनि सक्दैन। त्यो मणी जस्तै भरतमा पनि एउटा मणी रहेछ। भरतमणि। हास्यव्यङ्ग्यको।’

यति भन्दै गर्दा कार्यक्रम सञ्चालिक रीमा विश्वकर्मालाई हतार भयो। उनले, हरिवंशले नाम घोषणा गर्दै गर्दा विचमै बोलिन् ‘कमेडी’ यति भनेपछि उनले ‘सरी सर’ भन्दै माफ मागिन्। हरिवंशले रीमालाई जवाफ दिदै भने, ‘आई एम सरी।’ फेरि रीमा बोलिन्, ‘खासमा मैले उपहार दिनेलाई बोलाउन खोजेको।’

रीमाले विचमै कुरा काटेपछि हरिवंश अलमलिए। उनले ‘भरतमणी, नाम ठिक छ नि’ भन्दै रीमालाई देखाए। रीमाले ठिक छ सर भनेपछि उनले भने– ‘भरतमणिजी विनर हुनुहुन्छ।’ हरिवंशले विजेताको नाम निक्कै फितलो तरिकाले लिए। हरिवंशले नाम लिएसँगै रीमाले फेरि जोडिन्– ‘कमेडी च्याम्पियन सिजन २ को विजेता बन्नु भएको छ, भरतमणि पौडेल।’

अनि भरतमणीका समर्थकहरु नारा लगाउँदै खुीयाली बनाउँछन्। त्यसपछि भरतमणी स्टेज उक्लिन्छन् र केही समयमा पुरस्कार लिन्छन्।

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल