Logo

राजनीति

एमालेका यी नेताले मानेनन् मन्त्रीको शपथ लिन, प्रदेश–१ मा थपिए २ मन्त्री र ३ राज्यमन्त्री (सूचीसहित)



विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्। साविकको ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर उनले ८ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

आज थप भएका मन्त्रीहरू संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना र झापाका हिराकुमार थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन्।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष नयाँ मन्त्री, राज्यमन्त्री र नियुक्ति तथा मन्त्रालयको हेरफेर साथै कार्यविभाजनको जानकारी प्रदेश प्रमुखसमक्ष गराएका छन्। अहिले सपथको तयारी भइरहेको छ।

को–को मानेनन् मन्त्री बन्न ?

माधवकुमार नेपालले नयाँ दल बनाउँदा एमालेमा बसेकै कारण १० भदौमा मुख्यमन्त्री बन्ने अवसर पाएका आचार्यले आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय आफैसँग राखेका छन्।

उनले सांसद राजकुमार ओझालाई राज्यमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर, मूख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नदेखेका उनले राज्यमन्त्री पद अस्वीकार गरेका छन्। उनले आफूलाई राज्यमन्त्री बन्न प्रस्ताव आएको बताए।

विश्वासको मत नपाएसम्म नजाने बताएको जानकारी उनले दिए। विश्वासको मत पाउने अवस्था नरहेको भन्दै अन्य दुई सांसदले पनि मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल