Logo

मनोरञ्जन

एसियाकै प्रभावशाली महिलाको सूचीमा दिपिका पहिलो स्थानमा



काठमाडौं – बलिउडमा तहल्का मच्चाएर हलिउडम्म पुगेकी कलाकार दीपिका पादुकोण कहिले काहीं निकै विबाद पर्ने गर्छिन।तर उनि जति नै बिबादमा परे पनि उनको क्रेज घट्नुको सट्टा झन् बड्दै गएको देखिन्छ।

हालै मात्र एसियाको सबैभन्दा प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। उक्त सूचीको एक नम्बरमा बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण रहन सफल भएकी छन्।

यो अनुसन्धानका लागि ट्विटर, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा रहेका फ्यान फलोअर्स, गुगल सर्च तथा दीपिकाका बारेमा आएका समाचार संख्यालाई माध्यम बनाइएको थियो। अभिनयसँगै फेशनमा समेत सबैको मन जित्न सफल उनी यतिखेर सामाजिक सञ्जामा निकै चर्चाको विषय बनेको छ।

दीपिकाको इन्स्टाग्राममा मात्र ६ करोड फलोअर्स छन्। दीपिकाको साथमा कैयौं इन्टरनेसनल ब्रान्ड छन्। यो सूचीमा आएसँगै दिपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनकै बराबरीजस्तो भएकी छन्।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल