Logo

विज्ञान/प्रविधि

आइफोन–१३ सार्वजनिक, यस्ता छन् अहिलेसम्मकै उत्कृष्ट विशेषताहरु



काठमाडौं – एप्पलको नयाँ स्मार्टफोन आइफोन–१३ र लेटेस्ट स्मार्ट फोनहरू सार्वजनिक भएको छ। प्राय एप्पलले आफ्ना नयाँ उपकरणहरु हरेक वर्ष सेप्टेम्बर महिनातिर सार्वजनिक गरिरहेको हुन्छ। तर, गत वर्ष कोरोना महामारीको कारण आपूर्ति अवरोधले एप्पलले आइफोन–१२ का सिरिजहरु अक्टोबरमा निकालेको थियो। ‘क्यालिफोर्निया स्ट्रीमिङ’ भनिएको भर्चुअल इभेन्टमार्फत कम्पनीले अहिलेसम्मकै नयाँ फिचरसहितका फोनहरू लञ्च गरेको हो।

यस्ता छन् फिचरहरु :

आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स एप्पलले सार्वजनिक गरेका लेटेस्ट स्मार्ट फोन हुन्। यीमध्ये आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स खास फिचरसहितका छन्।

यी फोनहरूमा ४ स्टोरेज अप्सन पाइन्छ, १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी। आईफोनमा मेमोरी कार्ड लगाउने अप्सनचाहिँ हुँदैन। १ टीबी स्टोरेज क्षमता भएको पहिलो आईफोनको हो १३ प्रो। यसको मूल्य १६०० अमेरिकी डलर छ। आईफोन १३ को क्यामेरामा कम्पनीले ठूलै सुधार गरिएको छ। क्यामेरामा एक नयाँ सिनेम्याटिक मोड छ, जसले सब्जेक्ट हल्लिँदा पनि त्यसलाई फोकसमा राख्न सक्छ। फोकस सब्जेक्टमा रहन्छ, बाँकी ब्याकग्राउण्ड ब्लर हुन्छ।

यो भिडियोका लागि पोट्रेट मोड हो। एप्पलका अनुसार यो सुविधाले फोन प्रयोगकर्तालाई यस्तो कन्टेन्ट बनाउने अनुमति दिन्छ, जसले ठ्याक्कै फिल्म हेरेजस्तो वा खिचेजस्तो महसुस गराउँछ।

यो डल्बी भिजन एचडीआरमा सुट हुन्छ, जुन एक स्पेसल कस्टम सेन्सरद्वारा इनेवल हुन्छ। एप्पल आईफोन १३ र आईफोन १३ मिनी ब्ज्ञछ बायोनिक चिपसेटमा चल्छ। जसले स्याटेलाइट कम्युनिकेसनमा मद्दत गर्ने बताइएको छ। यसमा ६–कोर सीपीयू छ, जसमा २ हाइ–परफर्मेन्स कोर र ४ एफिसियन्सी कोर छन्।

४ कोर जीपीयूका साथ पनि आउँछ। यस्तै मेसिन लर्निङ टास्कका लागि १६–कोर न्यूरल इन्जिन छ। डायगनल्ली अरेन्ज्ड क्यामेरा लेन्ससँगै यसको पछाडि अर्को एक रङ दिइएको छ। यसपल्ट पनि आईफोनका लागि गुलाबी रङको अप्सन छ। आईफोन १३ र प्रो म्याक्स दुवैमा अघिल्लो भर्सनको तुलनामा ठूलो ब्याट्री छ।

आईफोन १३ प्रोको ब्याट्री गत आईफोन १२ प्रोकोभन्दा डेढ घण्टा बढी चल्ने कम्पनीले जनाएको छ। १३ प्रो म्याक्सचाहिँ अढाइ घण्टा बढी चल्ने छ। आईफोन १३ प्रोको पछाडि तीनवटा क्यामेरा छन्। यसमा रहेको ‘नच’ आईफोन १२ को भन्दा केही सानो छ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल