Logo

विश्व

जंगलमा सिंहले यसरी गर्छ राज



काठमाडौं – सिंह, बिरालो परिवारभित्र पर्ने जनावर हो। यो नै उक्त परिवारमा पर्ने जनावरहरुमध्ये सबैभन्दा ठूलो हो। आफ्नो विशाल शरीर अनि भीषण शक्तिको कारण सिंहलाई जंगलको राजा पनि भन्ने गरिन्छ। सिंह अति सुत्ने गर्छ। विशेष गरेर दिउँसो यसले पूरै समय सुतेर बिताउने गर्छ।

यो दिनको करिब २० घण्टा सुत्ने गर्छ। अर्थात्, आफ्नो कुल जीवनको करीब ८० प्रतिशत भाग यसले सुतेरै बिताउँछ। यो निकै गहिरो गरी गर्जन सक्ने प्राणी हो। यसको गर्जनमा आवाज र कम्पनको अनौठो मिश्रण हुन्छ।

गहिरो गरी कम्पनसहित आवाज निकाल्ने भएकाले आवाजसँगै निस्किएको कम्पनको तरङ्ग एकपछि अर्को गरी फैलिइरहन्छ। कम्पन र आवाजको यही अनौठो मिश्रणले १० किलोमिटरसम्म गहिरो तरङ्ग पैदा गरिरहन्छ।

यो आवाजका राजर्षि सन्देश हुन्छ। सिंहले यसरी गर्छ राज पहिलो त उनीहरुले आफ्नो आवाज सुनिने ठाउँ वा दुरीसम्म आफ्नो इलाका भएको सन्देश दिन चाहन्छन्। यो आवाज प्रायः भाले सिंहको हुन्छ।

अर्को यस्तै आवाज पोथी सिंहको पनि आउँछ, तर केही कम हुन्छ। यो आफ्नो बच्चासँग भेट्नका लागि हुन्छ। यो आवाजले आफ्ना प्रतिद्वन्द्वी सिंह र तिनका बथानलाई निरन्तर खबरदारी पनि गरिरहन्छ। यो उनीहरुको राज्य हो, त्यहाँ अरुहरुलाई प्रवेश अनुमति नभएको जनाउ पनि हो।

भाले सिंहको गर्जन आफैमा परिवारको गौरव र स्वाभिमान रक्षाको संकेत पनि हो। यसले सिंहको आफ्नो बथान कोही भन्दा कमी छैन, यसको आफ्नो ठूलो राज्य छ भन्ने अभिव्यक्ति पनि हो।

जबसम्म भाले सिंह यसरी गर्जन सक्छ र परिवारलाई डोरयाउन सक्छ, त्यतिबेलासम्म उसको नेतृत्व अरु भाले सिंहको चुनौतीविहीन हुन्छ। उसको राज चलिरहन्छ। तर सिंहको बथानमा एकभन्दा धेरै भाले सिंहहरु एकै साथ रहेका पनि हुन्छन्।

देख्दा सामुहिक देखिए पनि तिनमा मुली भने एउटा नै हुन्छ। जब सिंह गर्जन्छन्, तिनको गर्जन लामो हुन्छ र तिनले गहिरो तरङ्ग पैदा गर्दछन्। यो आखिरमा सञ्चार आदान प्रदानका लागि हो। तर यसका बहुआयामिक पक्षहरु छन्।

यसमा सिंहको बथान, राज, सन्तान, चाहना, चिन्ता, खबरदारी, चुनौती आदि सबै एकै पटक अभिव्यक्त भएका हुन्छन्। एक श्रृङ्खलामा अभिव्यक्त हुने यो गर्जनले मानिसलगायत १० किलोमिटर भित्र रहेका जनावरको मुटुमा कम्पन ल्याइदिन्छ।

भूकम्पको तरङ्गले प्राणीको स्वचालित अङ्गहरुमा धक्का पुर्याए झैं सिंहको गर्जनले पनि प्राणीको स्वचालित अङ्ग र त्यसमा पनि मुटुमा कम्पन ल्याइदिन्छ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल