Logo

राजनीति

‘कांग्रेस र एमालेको नयाँ सरकार बन्छ’



काठमाडौं – पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्ने बतचाएका छन्। उनले राजनीतिक परिस्थितिले दुई ठूला दल फेरि एकपटक एकै टाउँमा उभिने दाबी उनले गरेका छन्।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा उनले सत्ता गठबन्धन टुट्न लागेको पनि जानकारी दिए। प्रधानमन्त्री शेरबहादु देउवा, प्रचण्ड र माधवकुमार नेपालबीचको सहकार्य सकिने र कांग्रेस एमालेको नयाँ सरकार बन्ने दाबी उनले गरेका छन्।

‘अहिलेको राजनीतिक घटनाक्रम हेर्दा मुलुकमा २०५५ को पुनरावृत्ति हुने देखिएको छ। त्यतिखेर एमाले र माले विभाजन हुँदा कांग्रेस र मालेको सरकार थियो। त्यसपछि कांग्रेस र एमालेको सरकार बनेर चुनावमा जाने परिस्थिति बन्यो, ’ उनले भने, ‘अहिले शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ।

तर देउवाले सहयोगी दलहरुको पूरा साथ पाइरहनु भएको छैन। वैचारिक रुपमा पनि र तात्कालिक उद्देश्यका लागि पनि। जस्तोः एमसीसीकै विषयमा पनि गठबन्धन दलहरुबीच दरार आएको छ। यस्तै हुने हो भने एमाले र कांग्रेसको सरकार बनाएर चुनावमा जाने स्थिति बन्न सक्छ। यो खिचडीका पछाडि अल्कपनीय परिघटना हुन सक्छ।’

‘अहिले हेर्नुस्, गठबन्धन दलहरुको मनस्थिति गएगुज्रेको छ। मन्त्रीको नाम दियो, पार्टी फुट्छ। सांसदहरुलाई मन्त्री दिने भनेर तानेका छन्। कांग्रेस महाधिवेशनसम्म मात्र चुनावमा नजान खोजेको हो। ऊ लामो समय सरकार चलाउन चाहँदैन। लामो समय सरकार चलाए अलोकप्रिय होइन्छ भन्ने उसलाई थाहा छ,’ त्रिपाठीले भने।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल