Logo

भारत

मोदी किन अमेरिका जाँदै छन् ?



काठमाडौं – भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा हुने क्वाद सम्मलेनमा सहभागी हुन् अमेरिका प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणका लागि प्रस्थान गर्ने भएका हुन्।

भ्रमणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्। क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जाने र त्यही बेलामा उहाँहरुका बीचमा भेटवार्ता हुने बताइएको छ।

सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जाने भएको जनाइएको छ।अमेरिकाको वासिङ्टन डिसीमा हुने सम्मेलनका लागि आएका विदेशी पाहुनाहरुलाई अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गर्ने तालिका सार्वजनिक गरिएको छ।

यही सेप्टेम्बर २४ तारिखका दिन हुने सम्मेलनमा नेताहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो देशको चासो दर्शाउने जनाइएको छ।त्यसैगरी गत मार्च १२ मा भएको पहिलो भर्चुअल सम्मेलनका निर्णयहरुको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा पनि बैठकमा हुने जनाइएको छ।

विश्वलाई नै प्रभावित पारेको कोरोनाभाइरसको महामारी, त्यसले पारेको प्रभाव र त्यसका लागि आफूहरुले गर्नुपर्ने योगदानका बारेमा पनि छलफल हुने समाचारमा जनाइएको छ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल