Logo

विश्व

अफगानिस्तानका पूर्व उपराष्ट्रपतिको घरमा सुनै–सुनको इट्टा र यति धेरै पैसा भेटियो



काठमाडौं – अफगानिस्तानकामा हाल तालिबानले अन्तरिम सरकारको घोषणा गरिसकेको छ। शासन शुरु गरिसकेको तालिबानले देशका सबै क्षेत्रमा आफ्नो नियन्त्रण बनाएको छ।

तालिबान लडाकुहरुले काबुलमा देशका पूर्व उपराष्ट्रपति तथा वार लर्ड भनिने अब्दुल रशीद दोस्तमको भव्य हवेली पनि कब्जा गरेको छ। तालिबानले अब आफैंलाई अफगानिस्तानको कार्यवाहक राष्ट्रपति घोषित गरेका अशरफ गनी सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेहमाथि पनि ग’म्भीर आरोप लगाएको छ।

अफगानी मिडिया टोलो न्यूजका अनुसार तालिबानले पंजशीरमा रहेका अमरुल्लाह सालेहको घरबाट साढे ६ मिलियन डलर नगद र १८ वटा सुनका ईट्टा जफत गरिएको दावी गरेको छ। तालिबानले सोमबार यस्तो दावी गरेको हो।

तालिबानको सांस्कृतिक आयोग र मल्टिमिडिया शाखाका प्रमुख अब्दुल्लाह मुत्ताकीले एक भिडियो ट्वीट गर्दै यस्तो दावी गरेका हुन्।

मुत्ताकीको तर्फबाट जारी गरिएको १ मिनेट २६ सेकेण्डको भिडियोमा ८ देखि १० जना तालिबानी लडाकुहरुले २ सुटकेसमा राखिएका अमेरिकी डलरका मुठाकरु र सुनका ईट्टाहरुको जाँच पडताल गरिरहेको देख्न सकिन्छ।

केहीले आफ्नो मोवाइल फोनबाट डलर र सुनको फोटो खिचिरहेका छन्। यो रकम कहिले जफत गरिएको हो भन्ने बारेमा कुनै जानकारी दिइएको छैन।

यसअघि तालिबानले पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका दाईको ज्या’न लिइसकेको छ। अमरुल्लाह सालेहले पंजशीरमा तालिबान वि,रोधी समूहको नेतृत्व गरिरहेका छन्।

पंजशीरमा तालिबानको नियन्त्रण भएपछि भने अमरल्लाह सालेह र अहमद मसूद सुरक्षित स्थानतर्फ गएको बताइएको छ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल