Logo

मनोरञ्जन

करिनाले सीताको भूमिका निभाउन १२ करोड मागेपछि…



काठमाडौं – भगवान रामको जीवनकथामा आधारित हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ तथा पौराणिक कथा ‘रामायण’ मा आधारित फिल्म बन्ने भएको छ। फिल्म बन्ने भए संगै कलाकारहरुको खोजि पनि उत्तिकै छ।

यसै फिल्मका लागि निर्देशक अलौकिक देसाईले अभिनेत्री करीनालाइ अफर गरेपछि उनले १२ करोड मागेकी हुन्। उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो।‘रामायण’ को कथामा आधारित उक्त फिल्ममा उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन्।

उनले भनिन्, ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि समान पारिश्रमिक दिने विषयमा कुराकानी गर्दैनथेँ। पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेका छन्।

यो पारिश्रमिक माग्नुभन्दा पनि महिलाहरुप्रति सम्मानको विषय हो।’ रिपोर्टका अनुसार करीनाले यस पौराणिक कथाका लागि ‘सीता’ को भूमिका निभाउन ८ देखि १० महिनाको तालिम लिने छिन्। यो फिल्म करीनाका लागि करियरकै सबैभन्दा ठूलो फिल्म हुनेछ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल