Logo

धर्म

के तपाईलाई आफ्नो थर कसरी रह्यो थाहा छ ? जानुहोस् तपाईको थर कसरी रहन गयो



काठमाडौँ –नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्योल छ। तपाईको थर कहाँबाट आयो रु कसरी रहन गयो भनेर जिज्ञासा लाग्छ होला रु कतिलाई त आफ्नो थर कसरी रह्यो भन्ने कुरा पनि थाहा छैन।

मानिसका थरहरु रहनुमा धेरै पक्षहरु छन्। केही थरहरु कुनै सरकारी सेवामा लागे बापत पाएका सरकारी दर्जाबाट रहन गएका छन् भने कुनै गाउँठाउँको नामबाट रहन गएका छन्।

खासगरी यहाँ २ तरिकाले रहन गएका थरहरुका बारेमा जानकारी दिन खोजिएको छ। एउटा सरकारी दर्जाको नामबाट र अर्को हो गाउँ वा ठाउँका नामबाट।

सरकारी दर्जाबाट रहन गएका थरहरुः

अधिकारी– दराको हाकिम रहेकोले अधिकारी रहन गएको
कार्की– राजश्व अधिकृत
भट्ट– राजपुरोहित वा धर्माधिकारी भएकोले।
भण्डारी– राजकोषको प्रमुख भएकोले।
लेखक– लेख्ने काम गर्ने भएकोले।
महत– ग्राम प्रमुख भएकोले।
रोकाया– ग्राम प्रमुख महतको सहयोगी।
थापा– सैनिक सेवामा काम गर्ने भएकोले दर्जा पाएको
खड्का– सैनिक दर्जा
बुढा– सैनिक दर्जा
बस्नेत– सैनिक दर्जा आदि
गाउँहरुका नामबाट रहन गएका थरहरुः
जुम्ला जिल्लाका ठाउँबाटः
पाण्डुसेरा– पाण्डे
सिंजा– सिंजापति
चैंडिलागाउँ– चौलागाईं
प्याकुरी– प्याकुरेल
सिंखाँडा– सिंखडा

अछामका जिल्लाका ठाउँबाट

तिमिसैन– सिमिल्सिना वा तिम्सीना
घनिगाउँ– घिमिरे
देवकोट– देवकोटा
ढुंग्यानी– ढुंगाना
ढाकु– ढकाल
बजगाउँ– बजगाईं
रिमा– रिमाल
रसाइली स्वाँरा– रिमाल
स्वाँरा– स्वाँर
घोडासैनी– घोडासैनी
पुडासैनबाट आएका पुडासैनी
धमालीबाट आएका धमला
दर्नाबाट आएका दर्नाल
कुइतिकाबाट आएका कुइँकेल
चाल्साबाट आएका चालिसे
बारलाबाट आएका बराल
लामिसालबाट हिंडेका लम्साल

बझाङ जिल्लाबाट थर रहन गएका

रेगमबाट हिंडेका रेग्मी
सोतबाट हिंडेका सोती
खरबाट हिंडेका खरेल
बुवाडाबाट हिंडेका सुवेदी
बयानाबाट हिंडेका बानियाँ

बाजुरा जिल्लाका ठाउँबाट थर रहन गएका

जमकट्टीबाट जमरकट्टेल
छापीबाट छन्त्याल
पोडीबाट हिंडेका पोड्याल
खातीवडबाट हिंडेका खाती

बैतडी जिल्लाका ठाउँका नामबाट थर रहन गएका

गाजरीबाट हिंडेका गजुरेल

डोटी जिल्लाका ठाउँका नामबाट थर रहन गएका

डोटेखोलाबाट हिंडेका डोटेल
निरौलीबाट हिंडेका निरौला
ओझानाबाट हिंडेका ओझा
बोगटानबाट हिंडेका बोगटी
मुडभराबाट मुडभरी

मुगुका विभिन्न स्थानबाट हिंडेका

नखायाबाट खनाल
कालैगाउँबाट कल्याण
खत्याडबाट खतिवडा

दैलेखः

लामाछान्नीबाट लामिछाने

बाँस्कोटबाट बास्कोटा
बाँस्तोलीबाट बास्तोला
सतलाबाट सत्याल
लचारीबाट लुइँटेल
चापागाउँबाट आएका चपाईं

नेपा वा नेपालबाट बनेका थरहरु

रिजुबाट रिजाल
पोखरबाट पोखरेल
लम्सुबाट लम्साल
लम्जीबाट लम्जेल
दहबाट दाहाल
गैराबाट गैरे
पराजुलबाट पराजुली
कोइरालीबाट कोइराला
दवाडबाट दवाडी
कट्टीबाट कट्टेल
भुसाकोटबाट आएका भूसाल
बडबाट आएका बडाल
मोडासैनबाट आएका मरासिनी
गुरगाउँबाट गरागाईं

कालिकोट जिल्लाका ठाउँहरु

किर्सेनीबाट खेर्सेनी
भुतौबाट भुर्तेल
राँचुबाट रुचाल
गेलाबाट गेलाल
बञ्जाडाबाट बञ्जाडे
बाँजकोटबाट बाँज्कोटा

रुकुम जिल्लाबाट थर बनेकाहरु

सर्पुकोटबाट सापकोटा

दाङ जिल्लाको ठाउँको नामबाट
रजौराबाट रजौरिया आदि।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल