Logo

खेलकुद

नेपालमा किन अर्जेन्टिनाका समर्थक धेरै छन् ?



जीवन पौडेल, काठमाडौं– फुटबल विश्वकै सबभन्दा लोकप्रिय खेल हो। विश्वका आधाभन्दा बढी जनसंख्याले फुटबल पछ्याउने गर्छन्। करिब चार अर्ब मानिस फुटबल फ्यान भएको अनुमान गरिएको छ।

अहिले फिफा विश्वकप २०२२ को छनोटका खेलहरु जारी छ। विश्वकप नजिकिँदै गर्दा सबै देशका फुटबल प्रेमीहरु अहिले देखि नै निकै उत्साहित देखिन्छन्। २०२२ को फिफा विश्वकप २१ नोभेम्बरबाट शुरु हुदैँछ।हरेक फुटबल प्रेमीहरूले ४ वर्षदेखि पर्खिरहेको विश्वकपको प्रतिक्षा अब चाँडै सकिँदैछ।

नेपालमा पनि भिन्न–भिन्न देशका फ्यानहरु छन्। फुटबलको महाकुम्भबाट भरपुर मज्जा उठाउन बालबालिकादेखि लिएर युवा, वृद्धा समेत उत्तिकै लालयित देखिन्छन्। उनीहरू आफुलाई मनपर्ने टिमको जर्सीमा सजिएर अहिलेदेखि नै बाटोमा घुम्न थालिसकेका छन्।

नेपालमा किन अर्जेन्टिनाका समर्थक धेरै छन् ?

जतिखेर विश्वकपको चर्चा शुरू हुन्छ त्यतिखेर नेपालमा र नेपालबाहिर रहेका फुटबलप्रेमीहरु अर्जेन्टिना र नेपालको सम्बन्धका बारेमा तथ्यहीन र भ्रामक कुरा सामाजिक सञ्जालमा फैलाइरहेका छन्। तर पनि नेपालमा सबैभन्दा धेरै फ्यान भनेको अर्जेन्टिनाको नै छन्।

नेपालमा प्रायः अर्जेन्टिना, ब्राजिल, जर्मनी र स्पेनका समर्थकहरू भेटिन्छन्। कतै–कतै फाट्ट फुट्ट पोर्चुगलका पनि समर्थक नभेटिने चाँही होइन। रोनाल्डोकै कारण पनि कतै–कतै पोर्चुगलका जर्सीहरू लगाएको पनि देखिन्छ। तर, विशेषगरि बजारमा जर्सीको माग हेर्ने हो भने पनि नेपालमा अर्जेन्टिनाका समर्थकहरू अन्य टोलीको भन्दा बढि नै रहेको स्पष्ट हुन्छ।

त्यसमाथी पनि जताततै व्यक्तिहरू मेसीको १० नम्बर लेखेको जर्सी लगाएको देखिन्छन्। विशेष गरि नेपालमा अर्जेन्टिनाको समर्थक बढि रहनुको कारण नै स्टार खेलाडी मेसी हुन्।

धेरैले किन अर्जेन्टिनाको समर्थन गरेको भनेर प्रश्न गर्दा दिने एकमात्र जवाफ हो मेसी। समर्थक टोलीका बारेमा कुरा गर्दै एक अर्जेन्टिना फुटबल समर्थकले भने, ‘म यस विश्वकपमा अर्जेन्टिनाको समर्थन गर्दैछु। किनकी त्यहाँ मेसी छन्।’

नेपालमा मेसीकै कारण बढेका अर्जेन्टिनाका समर्थक मेसीपश्चात समर्थक घट्न सक्ने सम्भावना उत्तिकै देखिन्छ। अर्जेन्टिनाले मेसी टोलीमा रहँदा हालसम्म विश्वकपको उपाधि जितेको छैन। अब आउने विश्वकपमा अर्जेन्टिनाको लक्ष्य उपाधि जित्नु नै हुनेछ।

प्रकाशित : २७ भाद्र २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल