Logo

समाचार

सुनिता बरालद्वारा लिखित ‘समृद्धि प्रतिको संकल्प’ विमोचन भोलि



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेकी युवा नेतृ तथा अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धि प्रतिको संकल्प’ शनिबार विमोचन गरिने भएको छ।

युवा नेतृ बरालले लेखेको उक्त पुस्तक पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजना गरिने कार्यक्रममा विमोचन गरिने भएको हो।

अनेरास्ववियु केन्द्रीय कमिटीले काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा शनिबार पुस्तक विमोचन कार्यक्रम राखेको छ। कार्यक्रममा नेकपा एमालेका नेता तथा बौद्धिक क्षेत्रका अगुवाहरूलाई आमन्त्रण गरिएको छ।

‘नेपालको राजनीतिको अबको कार्यदिशा भनेको समृद्धि हो, त्यसैले समृद्धिका लागि हामीले, नेपालका कम्युनिष्टले र नागरिक तहबाट कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा पुस्तकमा केही संकल्प गरिएको छ,’ लेखक बरालले भनिन्।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद नेपालको आर्थिक र सामाजिक उत्थानको डिपार्चर रहेको बरालको धारणा छ।

‘आजसम्मको नेपाली क्रान्तिको मौलिक र माटो सुहाउँदो कार्यक्रम जनताको बहुदलीय जनवाद नै हो, बहुदलीय पूँजीवादी जनवादी क्रान्तिको कार्यक्रमभन्दा भिन्न विशेषता ग्रहण गरेको जबजका विशेषताको रुपमा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, स्वाधीनता, मानवअधिकारको रक्षा, आवधिक निर्वाचन , स्वाभिमानमा आधारित विदेश नीतिलाई लिन सकिन्छ, यीसहित विद्यार्थी आन्दोलनका नवीन आयाम पुस्तकका सन्दर्भ सामग्री हुन्,’ बरालले भनिन्।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल