Logo

खेलकुद

मेसीले बार्सिलोनामा लगाएको १० नम्बरको जर्सी अब कसलाई ?



एजेन्सी – लियोनल मेसीले बार्सिलोना छाडेसँगै अब जर्सी नम्बर १० कसलले लगाउँछ भनेर चर्चा भइरहेको छ। मेसीले क्लबमा एक दशकभन्दा बढी समय लगाएको उक्त जर्सी अब बार्सिलोनाको कुन खेलाडीलाई दिइन्छ होला ?

मेसीले क्लब छोडेको घोषणा भएपछि बार्सिलोना जोन ग्याम्पर ट्रफिका लागि युभेन्टससँग प्रतिस्पर्धा गर्‍यो। तर उक्त खेलमा कसैले पनि मेसीले लगाएको १० नम्बरको जर्सी छुन आँट गरेनन्।

स्पेनिस मिडिया रिपोर्टमा बताइएअनुसार अबको सिजन मेसीले लगाएको जर्सी कसैले पनि लगाउने छैनन्। हुन त ला लिगामा जर्सी ‘रिटायर्ड’ गर्ने प्रचलन छैन। र, पनि यस सिजन उक्त जर्सी कसैलाई दिइने छैन। फुटबल इतिहास र बार्सिलोनाका लागि जर्सी नम्बर १० ‘ब्राण्ड’ बनिसकेको छ।

बार्सिलोनामा यो जर्सी लगाउँदा यसले झन् धेरै महत्त्व राख्दछ। बार्सिलोनाले टोलीका सदस्यहरु घोषणा गरेपछि हालसम्म जर्सी नम्बर १० क–कसले प्रयोग गरे ?

एन्जेल क्युइलार (१९९५–१९९६)

जियोधानी (१९९६–१९९७)

जरी लिटम्यानेन (१९९९–२०००)

रिभाल्डो (२०००–२००२)

जुयन रोमन रिक्वील्मे (२००२–२००३)

रोनाल्डिन्हो (२००३–२००८)

लियोनल मेसी (२००८–२०२१)

केपी ओलीले देउवालाई भने, ‘कालापानी र लिम्पियाधुरा फिर्ता गर्छु भन्ने आँट गर्नुस्’

प्रकाशित : २६ श्रावण २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल