Logo

आर्थिक

‘ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न पूर्ण बजेट ल्याउनुपर्छ’



काठमाडौं – नेपाली कांग्रेसका नेता रामशरण महतले चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा पूर्वअर्थमन्त्री महतले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्नु दुःखद् रहेको बताएका हुन्।

‘सरकारलाई पूर्णता दिन ढिलाइ भयो, सरकार गठन भएको लामो दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, सत्ता गठबन्धन दलसँग सहकार्य गरेर चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ,’ उनले भने।

पूर्वअर्थमन्त्री महतले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्नका लागि नयाँ पूर्ण बजेट ल्याउनुपर्ने बताएका छन्। अध्यादेशमार्फत ल्याइएको बजेटले देशको आन्तरिक र बाह्य दुवै ऋणलाई बढाएको उनको भनाइ थियो।

महतले अब ल्याइने नयाँ बजेटले प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गरेका छन्। भूमिहीन व्यक्तिलाई भूमि दिने कुरामा सरकारले उचित निर्णय लिने भन्दै भूमि आयोग खारेज गर्नु स्वागतयोग्य निर्णय भएको उनको भनाइ थियो।

फरक प्रसङ्गमा महतले कांग्रेसको क्रियाशील सदस्यता टुङ्गो लाग्न नसक्दा पार्टीको १४औं महाधिवेशन तोकिएको समयमा हुन नसक्ने बताएका छन्।

भीम रावल र प्रदीप गिरीले एमसीसीबारे के भने (भिडियो)

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल