Logo

खेलकुद

पारस खड्काको अबको बाटोः राजनीति कि नेपाल क्रिकेट संघको नेतृत्व ?



काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिने घोषणा गरेका खड्काले तत्काल क्रिकेट एकाडेमी खोल्ने तयारीमा रहेको जानकारी गराएका हुन्। नेपाल क्रिकेट संघ क्यानको आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उनले उल्लेख गरे । ‘म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो,’ खड्काले भने ।

पूर्व कप्तान खड्काले दुई वर्षअघि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याय लिने विषयमा सोचिरहेको र अहिले त्यही सोचलाई कार्यान्वयन गरेको बताएका छन् । उनले सन्यासबारे सोचे पनि क्रिकेट टोलीलाई सहयोग गर्नुपर्छ भनेर बसेको बताए ।

पूर्वकप्तान खड्काले कप्तान र खेलाडीका रुपमा आफूले गर्नसक्ने योगदान राष्ट्रिय टोलीबाट पूरा गरेको बताएका छन् । ‘क्रिकेटले नै मलाई सबथोक दिएको छ, सबै कुरा पाएको छु, यति हुँदाहुँदै पनि सन्यासका लागि यो सही समय हो भनेर निर्णय लिएको हुँ,’ उनले भने ।

उनले एकदिवसीय मान्यतालाई अहिले जोगाइराख्ने चुनौती नेपाली क्रिकेट सामु रहेको बताउँदै केही समयमै क्रिकेट एकेडेमीको शुरुआत गरेर देशभर लैजाने योजना रहेको बताए ।

अलराउण्डर खड्काले सन् २००४ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् । उनी त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आइसिसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट सिनियर टोलीमा सहभागी भएका थिए ।

सन् २००९ मा कप्तानीको भूमिका निर्वाह गरेका खड्का सन् २०१९ मा कप्तानको जिम्मेवारी छाडेका हुन् । पारसले विनोद दासको स्थानमा कप्तानीको भूमिका निर्वाह गरेका हुन् ।

संयुक्त अरब इमिरेट्स युएईमा भएको एसिसी टी–२० ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी सम्हालेका थिए ।

नेपाली क्रिकेटका सफल कप्तानका रुपमा परिचित खड्काकै कप्तानीमा नेपालले डिभिजन पाँचदेखि तीनसम्मको उपाधि हात पार्न सफल भएको थियो । उनकै कप्तानीमा नेपालले सन् २०१८ मा पहिलो पटक ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको हो ।

त्यसैगरी, सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकपमा खड्काकै कप्तानीमा नेपालले प्रतिस्पर्धा गरेको थियो । खड्काले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

दाँया हाते ब्याट्सम्यान खड्काले एक दिवसीय क्रिकेटमा ३ सय १५ रन बनाएका छन् । टी–२० मा ७ सय ९९ रन बनाएका छन् । दुवै किसिमका प्रतियोगितामा खड्का शतक प्रहार गर्न सफल भए ।

खड्काले उत्कृष्ट बलिङसमेत गरेका छन् । उनले १० एकदिवसीय खेलमा ९ विकेट लिएका छन् । ३३ वटा टी–२० खेलमा ८ विकेट लिएका छन् ।

प्रकाशित : २१ श्रावण २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल