Logo

राजनीति

माधव नेपालसँगको छलफलमा सुवास नेम्वाङले गरे एकताका लागि यस्तो प्रस्ताव, ओलीले के गर्लान् ?



काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङबीच डेढ घण्टा कुराकानी भएको छ। नेता नेपालसँग भेटमा नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमार्फत् पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन अनुरोध गरेका छन्।

अध्यक्ष ओली तर्फबाट दशबुँदे सहमति जुटाउने ‘कार्यदल’का नेम्वाङ संयोजक थिए। नेपालका तर्फबाट उपाध्यक्ष भीम रावल संयोजक थिए।

नेम्वाङले एमालेको एकताको सन्दर्भमा कुराकानी भएको बताएका छन्। ‘तपाईं (माधव नेपाल) र अध्यक्ष कमरेड (केपी ओली) भेट गर्नुहोस्, कुराकानी गर्नुहोस्, एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्छ भनेको छु,’ नेता नेम्वाङले भने।

नेता नेपाललाई नेम्वाङले दशबुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न अनुरोध गरेका छन्। ‘दशबुँदे सहमति गरेका छौं, यसलाई टुंगोमा पुर्‍याउनुपर्छ, अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङले भने।

नेम्वाङको कुरा सुनेपछि वरिष्ठ नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताए। दुई नेताबीच ‘छलफल गर्ने र सहमतिको खोजी गर्ने’ विषयमा छलफल भएको छ।

नेपालले सहमतिको बाटो पहिल्याउने बताउँदै सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताएका छन्। नेम्वाङका अनुसार नेता नेपालले छलफलका लागि लागि ओलीसँग भेट्न सहमत भएका छन्।

पूर्वसभामुखलाई देउवाको प्रश्न– संविधानमा धारा ७६ को ५ किन राखेको ?

प्रकाशित : १४ श्रावण २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल