Logo

राजनीति

प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता, एमसीसीबारे के कुरा भयो ?



काठमाडौं, १२ साउन – प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच आज टेलिफोन संवाद भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय हित र साझेदारीका विविध विषयमा कुराकानी भएको छ।

उनीहरूबीच द्विपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन र यसको प्रभावका साथै आपसी चासोका अन्य विषयमा कुराकानी भएको थियो।

साथै कोभिड–१९ वि’रुद्धको लडा’इँमा अमेरिकाले नेपाललाई गरेको सहयोगसम्बन्धमा समेत उनीहरूबीच कुराकानी भएको थियो।

यस वार्ताका अवसरमा प्रधानमन्त्री देउवाले अमेरिकाले हालै नेपाललाई कोरोनाको खोपको १५ लाख डोज खोप उपलब्ध गराएकोमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनमार्फत् अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्।

अमेरिकाले यसअघि नेपाललाई कोरोनाको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो। यसैबीच, देउवा र ब्लिंकेनबीच एमसीसीको विषयमा कुरा भए–नभएको खुलाइएको छैन।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल