Logo

राजनीति

हामीले खोप दिन थाल्यौं भनेर तमाशा शुरु हुनेछ, फोटो खिचेर प्रचार गर्न थाल्छन्: केपी ओली



काठमाडाैं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना खोपको सुनिश्चित गरेको जिकिर गरेका छन्। सिंहदरबारबाट बिदा हुनुअघि सम्बोधन गर्दै ओलीले नेपाल खोप उत्पादक नभए पनि छोटो समयमा नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरेका हुन्।

‘एक करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको छ, र २ करोडभन्दा बढी खरिदको प्रक्रिया रहेको छ, अब हामीलाई खोपको अभाव छैन,’ ओलीले भने।

ओलीले आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्ने बताएका छन्।

‘मलाई थाहा छ, भरे वा भोलि बिहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमाशा शुरु हुनेछ,’ ओलीले भने।

ओलीले नयाँ सरकार गठनअघि नै आलोचना शुरु गरेका छन्। ‘मानौं, चट् गरेर आजै ल्याएका हुन् कि जस्तो गरेर प्रचार गर्नेछन्, तर मलाई प्रचारको कम्पिटिसन गर्नु छैन,’ उनले भने।

ओलीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट ओलीले फैसलाको आलोचना गरेका हुन्।

ओलीले सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग भएको भएको उनको दाबी छ। यसले क्ष’णि’क रुपमा कसैलाई हर्षित तुल्याउने बताउँदै ओली भने, कसैभित्र विजेताको भाव पनि ल्याउला, तर लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगुर र अर्थहीन हुन जानेछ।’

भारतले नेपालमाथि गर्दैछ ठूलै खेल, राष्ट्रियसभामै भयो खुलासा (भिडियो)

प्रकाशित : २९ असार २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल