Logo

राजनीति

नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईको कार दुर्घटनामा निधन



बिर्तामोड, २५ असार – झापाको चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गत भद्रपुर नगरपालिकास्थित देवकोटा चोकमा भएको कार दुर्घटनामा नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईको निधन भएको छ।

शुक्रबार बिहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर–९ स्थित चारआली–चन्द्रगढी सडकखण्डमा प्रसाई सवार कार दुर्घटनामा परेको हो।

ट्राफिक प्रहरी कार्यालय झापाका नेता प्रसाई आफैले चलाएको बा१६च ८१८२ नम्बरको कार चलाएर चन्द्रगढीतर्फ जाँदै थिए। चन्द्रगढीस्थित बीपी स्तम्भमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

प्रसाईको बायाँ खुट्टाका साथै भित्री चोट लागेको थियो। घाइते भएका प्रसाईलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो। मेची अस्पतालले १२ः१५ बजे उपचारकै क्रममा प्रसाईको निधन भएको घोषणा चिकित्सकले गरेका थिए।

नेता ज्ञानुराम प्रसाई बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको श्रीमान् हुन्। बिर्तामोडका लोकप्रिय नेता प्रसाईको निधनले झापा शोकमा डुबेको छ।

भारतले नेपालमाथि गर्दैछ ठूलै खेल, राष्ट्रियसभामै भयो खुलासा (भिडियो)

प्रकाशित : २६ असार २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल