Logo

खेलकुद

अर्जेन्टिना भर्सेस ब्राजिल : हेड टु हेडमा को बलियो ?



कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजे शुरु हुनेछ।

उक्त खेलमा विश्व फुटबलका दुई स्टार अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका फरवार्ड नेयमार जुनियर एकअर्कावि’रुद्ध मैदान उत्रिँदैछन्। मेसी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउमा छन् भने नेयमार आफ्नो टोलीलाई उपाधि जिताउने ध्याउन्नमा छन्।

हालसम्म को बलियो ?

ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म १ सय ११ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये ४६ खेलमा ब्राजिलले जितेको छ भने ४० खेल अर्जेन्टिनाले जितेको छ। त्यस्तै, २५ खेल बराबरीमा सकिएको छ।

अर्जेन्टिनाको सम्भावित प्लेइङ ११ः (४–३–३)
इ मार्टिनेज, मोन्टाइल, पेजेल्ला, ओटामेन्डी, ट्याग्लीयफिको, डि पाउल, पेरेडेस, लो सेल्सो, मेसी, एल मार्टिनेज, गोन्जालेज

ब्राजिलको सम्भावित प्लेइङ ११ः (४–२–३–१)
इडर्सन, डयानिलो, सिल्भा, मार्क्वीनोइस, लोडी, क्यासमिरो, फ्रेड, इभर्टन, पाक्वीइटा, नेयमार, रिचार्लिसन

भारतले नेपालमाथि गर्दैछ ठूलै खेल, राष्ट्रियसभामै भयो खुलासा (भिडियो)

प्रकाशित : २६ असार २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल