Logo

पत्र-पत्रिका

यसरी पुगे प्रहरीको खोरमा म्याद सकिएको डेबिड कार्डबाटै पैसा निकाल्नेहरू



काठमाडौं – म्याद सकिएको डेबिड कार्डबाट पनि पैसा निस्कन्छ? निस्कदो रहेछ। हो, एक्स्पाएर डेबिड कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकालेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका–५ भत्केको पुलबाट २ जनालाई पक्राउ गरेको छ।

काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङ रहेका छन्।

सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिएम मेसिनबाट एक्सपाएर भएको डेबिड कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

साथै उनीहरूको साथबाट LLOYDS VISS Debit Card London र २१ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। उनीहरूले LLOYDS VISS Debit Card London एक्सपायर भएको कार्डबाट चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी इलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको खुलेको छ।

उक्त रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको अनुसन्धानबाट खुल्न आएको उक्त परिसरले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : २२ असार २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल