Logo

खेलकुद

युरोकपको सेमिफाइनल समीकरण पूरा, यी चार टिमबीच उपाधिको होड, को बलियो ?



लण्डन – युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलमा इग्ंल्याण्ड र डेनमार्कले अन्तिम चारमा स्थान सुरक्षित गरेपछि सेमिफाइनलको समीकरण पूरा भएको हो।

शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ। शनिबारको दोस्रो खेलमा इंग्ल्याण्डले युक्रेनलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

यी दुई इंग्ल्याण्ड र डेनमार्क दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुने छ। इटाली र स्पेनबीचको खेल जुलाई ६ तारिखमा हुने छ। इंग्ल्याण्ड र डेनमार्कबीच जुलाई ७ तारिख फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

दुवै खेल नेपाली समयअनुसार राति १२ बजेर ४५ बजे बेलायतको लण्डनस्थित बेम्वली स्टेडियममा हुनेछन्। दुई वटै सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन्।

इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्वविजेता हुन्। अर्थात् इटाली, स्पेन र डेनमार्कले युरोकपको उपाधि जितिसकेका छन्। त्यसैले यस पटक इंग्ल्याण्डलाई इतिहास लेख्ने अवसर पनि छ।

तर, इटाली र स्पेनबमध्ये फाइनलमा पुग्ने एउटा टोलीलाई पन्छाउनुपर्ने चुनौती इंग्ल्याण्डलाई छ। शुक्रबार राति भएको खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै इटालीले सेमिफाइनलमा पुगेको हो।

शुक्रबार राति नै भएको पहिलो क्वार्टरफाइनलमा १० खेलाडीमा सीमित स्वीट्जरल्याण्डलाई टाइब्रेकरमा ३–१ ले हराउँदै स्पेन अन्तिम ४ मा पुगेको हो।

निर्धारित समयमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट सुटआउटबाट गरिएको हो।

पहिलो हाफमा १–० ले पछि परेको स्वीटजरल्याण्डले दोस्रो हाफमा बराबरी गर्दै खेलमा फर्केको थियो। खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्वीट्जरल्यान्डलाई १–१ को बराबरीमा ल्याए। उनले फ्रिउलरको पासमा गोल गरेका थिए।

तर, त्यसको १० मिनेटमा नै स्वीट्जरल्यान्ड १० खेलाडीमा समेटियो। स्वीट्जरल्याण्डका फ्रिउलर रातो काड खाँदै मैदान छाडेपछि स्वीट्जरल्याण्ड १० खेलाडीमा समेटिएको थियो। स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि रेफ्रीले फ्रिउलरलाई सिधै रातो कार्ड देखाएका थिए।

डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो। युरोकप २०२० अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो।

इटाली र इंग्ल्याण्ड अहिले निरन्तर राम्रो खेल प्रदर्शन गरिरहेका टोली हुन्। स्पेन पनि ‘फर्म’मै छ। डेनमार्कको पछिल्लो खेल सम्हालिएकाले सेमिफाइनलमा पनि त्यही लयमा रहने कोसिस उसले गर्ने छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : २० असार २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल