Logo

बागमती प्रदेश

काठमाडौं उपत्यकामा जोरबिजोर हट्यो, अब के–के खुल्न बाँकी छ? (हेर्नुहोस् सिडिओको पत्र)



काठमाडौं, २० असार – काठमाडौं, ललितपुर र भक्तपुरमा वैशाखदेखि जारी निशेधाज्ञाका अधिकांश प्रावधान हटाइएको छ। यससँगै वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लगभग हटेको छ। काठमाडौं, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरेको हो।

प्रशासनले यातायातमा लगाइएको जोर–विजोर प्रणाली पनि हटाएको छ। सोमबार राति १२ बजेपछि लागू हुने निषेधाज्ञामा ६ क्षेत्रमा मात्र रोक लगाइएको छ।

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ। अब सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यात्रुलाई मास्क अनिवार्य गरिएको छ। चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ। ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ। हरेक दिन सवारी साधन नि–संक्रमित गर्नुपर्नेछ।

यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४–४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ। तर, सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ।

वैशाख १६ देखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले जोर बिजोरका आधारमा असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र चल्ने दिएको थियो।

हेर्नुहाेस्: सुजाता कोइरालाले गरिन् त्यो सेक्रेटको खुलासा

प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ। खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ।

पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ। भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ। स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ।

उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ। अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ। तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ।

प्रकाशित : २० असार २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल