Logo

समाचार

भाइरल भएका यी बेहुलाहरू, दिनभरि मुग्लिनको पहिरोमा यसरी बस्न बाध्य भए



चितवन, १८ असार – दिनभरि पहिरोले सडक अवरुद्ध गरेपछि विवाहका लागि हिँडेका बेहुलाहरू नै अलपत्र परे। तर, शुक्रबार साँझ पानी रोकिएपछि आ–आफ्नो गाडी टिपेर बाटो लागे।

साँझ ६ बजेसम्म पनि कति त बाटो लाग्न पाएका थिएनन्। यद्यपि, विस्तारै सडक खुलेपछि उनीहरू गन्तव्यतिर लागेका छन्। शुक्रबार दिउसोबाटै एउटा तस्वीर भाइरल भयो। त्यो तस्वीर थियो– मुग्लिनको।

६ जना बेहुला लहरै बसेर फोटो खिचाए। उता बेहुलीको घरमा बिहेको रमझम चलिरहेकै थियो। तर, सडक सञ्चालनमा नआएपछि बेहुलाहरू रोकिए। चितवन, मकवानपुर र काठमाडौं हिँडेका बिहेका गाडी बीच बाटोमै अलपत्र परेका हुन्।

साथै जन्ती पनि बाटोमा बेहुलासँगै चाउचाउ खाएर दिन कटाउन बाध्य भए। बेहुलाको सामूहिक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले फेसबुकमा पोस्ट गरेको उक्त तस्वीर डाउनलोड गरेर पनि शेयर गरिएको छ।

पोखरेलकै पोस्टबाट पनि कयौंले शेयर गरेका छन्। भतिजा आशिष पोखरेलको बिहेका लागि हिँडेका उनी जाममा परेपछि फोटो शेयर गरेर रमाइलो गर्दै बसे। तर, मुग्लिनबाट करिब ५–७ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परेपछि यसरी बेहुलाहरूको जमघट भयो। कतिपयले गाडीबाट उत्रिएर गफगाफ गर्न लागे।

सोही क्रममा फोटो पनि खिचेको पोखरेलले बताए। जाममा रहेकामध्ये डेढ दर्जनभन्दा बढी सवारीसाधन बिहेका थिए। यो तस्वीर यसरी भाइरल होला भन्ने नसोचेको पोखरेलले बताएका छन्।

यसैबीच, आज राति पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले अघि शुक्रबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १ र २ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १ र २ तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नम्बर १ र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : १८ असार २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल