Logo

समाचार

डिआइजी थापालाई एआइजीमा बढुवा गर्न गृह मन्त्रालयको सिफारिस



काठमाडौं, १४ असार – गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक डिआइजी सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

गृह मन्त्रालयको सिफारिस मन्त्रिपरिषद् बैठकको निर्णयपछि कार्यान्वयन हुनेछ। पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा कार्यरत थापालाई एआइजीमा बढुवाको सिफारिस गरिएको हो।

यससँगै भावी आइजिपीका लागि एआइजी विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ।

पोखरेललाई आइजिपीको एकल दाबेदार बनाउने गरी सरकारले २७ कात्तिकमा एआइजीको एउटा दरबन्दी थपेर बढुवा गरेको थियो।

उक्त निर्णयको आलोचना भएपछि संसदको राज्य व्यवस्था समितिले पनि बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

तर, संसदीय समितिको निर्देशनलाई बेवास्ता गर्दै सरकारले पोखरेललाई एआइजीमा बढुवा गरेको थियो। पुनः एक एआइजीको दरबन्दी थपेर विगतको गल्तीलाई सच्याइएको गृह मन्त्रालय स्रोतले बताएको छन्।

नेपाल प्रहरीका महानिरीक्षक शैलेष थापा क्षेत्रीले २०७९ वैशाख १९ गतेमा अवकाश पाउनेछन्। त्यसपछि पोखरेल र थापामध्ये एक जना प्रहरी महानिरीक्षक बन्ने छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : १४ असार २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल