Logo

खेलकुद

इटालीसँग खेल्नुअघि अष्ट्रियाका प्रशिक्षक फोडाले दिए यस्तो प्रतिक्रिया



युरोकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्।

पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिना हुँदैछ। समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ‘बी’ को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो।

समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो। यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी खेलेको थियो र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो।

यस्तै युरोकपमै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया खेल्दैछन्। इटलीले समूह चरणका तीनवटै खेल जितेको थियो। अस्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई हराएको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो।

पहिलोपटक युरोकपको नकआउक चरणमा पुगेको अष्ट्रिया ४ पटक विश्वकपको उपाधि जितेको इटालीलाई हराउने सोचमा छ। अष्ट्रियाका मुख्य प्रशिक्षक फ्रान्सो फोडाले इटालीलाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गर्ने लक्ष्य रहेको बताएका छन्।

‘हामी इतिहास रच्ने बाटोमा छौं, फोडाले भनेका छन्, ‘इटालीलाई पराजित गर्दै हामी अर्को इतिहास बनाउने सोचमा छौं।’ फोडाले आफ्ना खेलाडीहरुको प्रदर्शनको प्रशंसा गर्दै टोली हर चुनौतीको सामना गर्न तयार हरेको बताएका छन्।

इटाली र अष्ट्रियाबीच हालसम्म ३५ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये १६ खेल इटालीले जितेको छ भने ११ खेल अष्ट्रियाले जितेको छ। दुई टोलीबीचको ८ खेल बराबरीमा सकिएको छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँगकाे अन्तरवार्ता

प्रकाशित : १२ असार २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल