Logo

समाचार

भिक्टोरिया क्रस विजेता भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नामांकित रेल सञ्चालन



लण्डन, १० असार – भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अंकित रेल बेलायतमा सञ्चालनमा आएको छ।

बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस प्राप्त गरेका भूतपूर्व गोर्खा सैनिक पुनको नामांकित रेल सञ्चालन गरेको हो।

गत वर्ष घोषित कार्यक्रमअनुसार बुधबारबाट रेल सेवा सञ्चालनमा ल्याइएको हो। लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान विशेष समारोहको आयोजना गरी रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले पुनको नाम लेखिएको एउटा रेल सञ्चालन आरम्भ गरेको हो।

बेलायतमै रहेका धन गुरुङका अनुसार बिहान १० बजे शुरु भएको हो। समारोहमा भूतपूर्व गोरखा सैनिकका हकहित र अधिकारका लागि आवाज उठाउँदै आएकी बेलायतकी चर्चित नायिका जोना लुम्लेसहित विभिन्न क्षेत्रका अगुवाको सहभागिता रहेको थियो।

लुम्लेका पिता जेम्स रुथफोर्ड लुम्ले पनि तुलबहादुरसँगैको बटालियनमा कार्यरत थिए। कार्यक्रममा भीसी पुनका छोरा अर्जुन तिलिजा र छोरी मेघकुमारी पुन लगायतको उपस्थिति रहेको थियो।

भीसी पुनले भिक्टोरिया क्रस प्राप्त गरेको दिनकै अवसरमा भएको उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा नेपाली अगुवाहरू ज्ञानराज राई, कृष्णबहादुर राई, धन गुरुङ, मनीकुमार राई, ग्यारी घले पनि उपस्थित थिए।

गैरआवसीय नेपाली संघ युकेका पूर्वअध्यक्ष योगकुमार फगामीका अनुसार नायिका लुम्लेले ‘आफू सानै छँदा भीसी पुनलाई भेट्दा आफ्ना बाबाको हालखबर सोधेको र त्यो बेला आफूले बाबा गुमाइसकेको बताउँदा अब तिमी मेरी छोरीसरह नै हौ भनेर आफूलाई परिवारकै सदस्यको दर्जामा राखेको भाव’नात्मक भनाइले मन छोएको कहिलै भुल्न सकिनँ’ भनेको छिन्।

को हुन् तुलबहादुर पुन?

तुलबहादुर पुन सन् १९२३ मा जन्मिएका हुन्। भिक्टोरिया क्रस बिजेता नेपाली हुन् उनी। सन् १९४० मा बेलायती सेनामा भर्ती भएका पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा अद्वितीय युद्धकला प्रदर्शन गरेवापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए।

पुनको निधन२०६८ वैशाख ७ गते भएको हो। उनी मुटुको समस्याबाट पीडित थिए। बेलायतस्थित चिज्विक वार मेमोरियल होममा बस्दै आएका पुन २०६७ चैत्र महिना नेपाल फर्केका थिए। उनका श्रीमती, दुई छोरा र आठ छोरी छन्।

स्वास्थ्योपचारका लागि बेलायत जान भिसा आवेदन गर्दा भिसा अस्वीकृत भएपछि चर्चामा आएका पुनलाई गोरखा भूपू सैनिक संघ, हलिउडकी अभिनेत्री जोना लुम्ले र बेलायती जनताले विशेष पहल गरेका थिए।

अभिनेत्री लुम्लेले उनलाई पिता मान्थिन्। उनी गोर्खाहरूको न्या’यिक आ’न्दोलनमा पनि सक्रिय थिए। बेलायत अधि’नस्थ भारतीय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राइफल्स पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसँगको भीषण युद्धमा घाइते अवस्थामा पनि एक्लै बहादुरीपूर्वक लडेर युद्ध जितेकाले पुनलाई भिसी क्रस पदक प्राप्त भएको हो।

चीनतर्फ थुनिएको रोङ्सी खोला फुट्यो भने के हुन्छ? (हेर्नुहोस् भिडियो)

प्रकाशित : १० असार २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल