Logo

समाचार

विपद् व्यवस्थापनमा उच्च सतर्कताका साथ काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक थापा



काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अधिकृतहरूले विपद् व्यवस्थापनमा उच्च सतर्कताका साथ काम गर्नुपर्ने बताएका छन्।

महानिरीक्षक क्षेत्रीले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनको साथै आ–आफ्नो क्षेत्रमा आइपर्ने सम्भावित बाढी, पहिरो, डुबान जस्ता विपद् व्यवस्थापनमा सक्रिय भई उच्च सतर्कताका साथ कार्यसम्पादन गर्नुपर्ने बताएका हुन्।

हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जनताको दुखमा प्रहरी साथी बन्नुपर्ने जानकारी दिएका छन्।

जनशक्ति तथा साधन श्रोतको उचित व्यवस्थापन गरी प्रकोप व्यवस्थापनमा ध्यान दिन थापाले आग्रह पनि गरेका छन्। आफू मातहत प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउन, उनीहरूको गुनासो सुनुवाइको व्यवस्थापन, अनुगमन तथा निरीक्षणमा विशेष भूमिका निर्वाह गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हिंसात्मक गतिविधि, जघन्य अपराध, साइबर क्राइम, कालोबजारी, तस्करी जस्ता आपराधिक गतिविधिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सरुवा भई जान लागेको कार्यालयको विशिष्टता अनुरुप प्राप्त नयाँ जिम्मेवारीलाई पदीय दायित्व अनुसार भूमिका निर्वाह गर्नुपर्ने बताए।

घोषित निर्वाचनको पूर्व तयारीका लागि अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आर्थिक अनुशासन प्रति संवेदनशील हुनुपर्ने बताए।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँगकाे अन्तरवार्ता

प्रकाशित : ९ असार २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल