Logo

समाचार

वरिष्ठ अभिवक्ता शम्भु थापाले राष्ट्रपतिलाई ‘हु आर यु’ भनेपछि…



सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ भइरहेको छ।

बुधबार भएको सुनुवाइसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउन कसैले रोक्न नमिल्ने बताएका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइको क्रममा बोल्दै थापाले विश्वासको मतको आधार फ्लोर टेष्ट भएको तर्क पेश गरे।

‘विश्वा’सको मतको आधार फ्लोर टेष्ट हो। १४९ सांसदको दावी पेश गरेपछि तपाई को हो ? हु आर यु ?,’ थापाले राष्ट्रपतितर्फ इंगित गर्दै प्रश्न गरे, ’के त्यहाँ कोही एमाले र कोही माओवादीका सांसदले भोट हाल्न नसक्ने छन् र ? जनताको प्रतिनिधिलाई तपाईंले सरकार बनाउन बाट रोक्न मिल्छ ?’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत पाउँदिन भनेर जानकारी गराई राजीनामा नदिनु राजनीतिक प्रश्न भएको बताएका छन्। ‘म विश्वासको मत पाउन सक्दिनँ’ भनेर राजीनामा नदिनु चाहिँ राजनितिक प्रश्न हो। विश्वासको मत नपाएपछि संविधान बमोजिम पदमुक्त हुनुपर्दैन ?’ उनले प्रश्न गरे।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँगकाे अन्तरवार्ता

प्रकाशित : ९ असार २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल