Logo

समाचार

‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ एपी वानकी सुजिता पौडेललाई प्रदान



एपी वान टेलिभिजनकी स्वास्थ्य संवाददाता सुजिता पौडेललाई ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।

कोरोना महामारीका बेला फिल्डमा सक्रिय रुपमा खटिएकी पाौडेललाई ३० हजार राशीको ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। स्वास्थ्य पत्रकार मञ्च नेपालको सिफारिसको आधारमा प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले पत्रकार पौडेललाई पुरस्कृत गरेको हो।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा स्वर्गीय देवकोटाकी छोरी डा. सुधा देवकोटाले उक्त पुरस्कार पत्रकार पौडेललाई हस्तान्तरण गरिन्। सो अवसरमा बोल्दै डा. देवकोटाले आफ्नो बाबाले लामो समय पत्रकारितामा बिताएको र बाबाकै कारणले पत्रकारिताको महत्व आफूले राम्रोसँग बुझेको बताएकी थिइन्। देवकोटाले बाबाको मार्गमा आफू कुनै रुपमा जोडिऔँ भनेर पत्रकारिता पुरस्कार स्थापना गरेको जानकारी दिएकी थिइन्।

‘मेरो बाबाले पत्रकारिता सम्मानित पेशा हो भनेर हामीलाई बुझाउनु भयो,’ उनले भनिन्, ‘बाबाका हामी सबै सन्ततीले पत्रकारिताको महत्व बुझेका छौँ। अझ स्वास्थ्य पत्रकारिता त झनै संवेदनशील विषय भयो।’

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रस्तावित सुदर्शन देवकोटा स्मृति फाउन्डेशनले स्वास्थ्य पत्रकारहरुको सम्मानका लागि सहकार्य गर्ने अवसर पाउँदा खुशी लागेको बताए। उनले मञ्च र प्रतिष्ठान मिलेर भविस्यमा पनि स्वास्थ्य पत्रकारहरुको हित र क्षमता अभिवृद्धि सम्वन्धी विभिन्न कार्यक्रममा हातेमालो गर्ने बताए।

कार्यक्रम प्रतिष्ठानका तर्फबाट कपिल घिमिरे, मञ्चका तर्फबाट निवर्तमान अध्यक्ष कल्पना आचार्य र पुरस्कृत पत्रकार सुजिता पौडेलले आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको सहजीकरण तेजकुमार बास्तोलाले गरेका थिए। प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले स्वास्थ्य पत्रकार मञ्च नेपालसंगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ९ असार २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल