Logo

आर्थिक

सम्पूर्ण हवाई उडान खोल्ने सरकारको निर्णय, तर यस्तो शर्त (हेनुहोस् सरकारको निर्णय)



काठमाडौं, ८ असार – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद् बैठकले शर्तसहित हवाई उडान खोल्ने निर्णय गरेको हो। गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको सरकारले गरेको छ।

आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुने निर्णय सरकारले गरेको छ। यसको तालिका र मिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ।

बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय रहेको श्रोतले बताएको छ। सरकारले अन्तर्राष्ट्रियतर्फ नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ।

मुख्यसचिव शंकरदास वैरागीका अनुसार अब काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन्।

काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ।

चीनतर्फ थुनिएको रोङ्सी खोला फुट्यो भने के हुन्छ? (हेर्नुहोस् भिडियो)

काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ। काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरी खुलेको छ।

प्रकाशित : ८ असार २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल