Logo

राजनीति

केपी ओलीको साथ छोडेका दीपक मनाङेले किन भेटे प्रचण्ड र बाबुरामलाई ?



काठमाडौं, ७ असार – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेका गण्डकी प्रदेशका बिना विभागीय मन्त्री राजीव गुरुङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

गण्डकी प्रदेशमा नयाँ समीकरण बनेपछि एमालेको साथ छोडेका मन्त्री गुरुङले प्रचण्डलाई भेटेर समसामयिक विषयमा छलफल गरेका हुन्।

त्यसैगरी, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि गुरुङले भेटेका छन्। प्रचण्ड र गुरुङबीच शनिबार खुमलटारस्थित निवासमै भेट भएको हो।

आइतबार भट्टराईनिवास पुगेका मन्त्री गुरुङले निकैबेर भट्टराईसँग छलफल गरेका छन्। सांसद् गुरुङले प्रचण्ड र भट्टराईलाई भेटेर पछिल्लो राजनीतिक परिदृष्यबारे छलफल गरेका बताएका छन्।

ओलीसँगै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको साथ छोडेर नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा गुरुङ समावेश भएका छन्।

मन्त्री गुरुङले गण्डकी प्रदेशको सत्तारुढ गठबन्धनलाई बलियो बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन्। प्रचण्ड र भट्टराईसँग अहिलेसम्म भेट नभएको उनले बताए।

गुरुङले प्रचण्ड र भट्टराईलाई आफूले सम्मान गर्ने बताउँदै गुरुङले भट्टराईले आगामी निर्वाचनमा जनता समाजवादी पार्टीसँग समन्वय गरेर उम्मेदवारी दिने विषयमा समेत छलफल गरेका बताए।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई साथ दिएका गुरुङले कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन साथ दिएका छन्।

साथै गुरुङ अहिलेको सरकारका बिना विभागीय मन्त्री पनि हुन्। एमालेको सहयोगमा मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित गुरुङले संसद् विघटन गर्ने ओलीका कदमपछि उनको विपक्षमा उभिएका हुन्।

पृथ्वीसुब्बा गुरुङको मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका गुरुङले प्रदेशसभामा विपक्षी गठबन्धनलाई साथ दिँदै एमालेको साथ छाडेका हुन्।

चीनतर्फ थुनिएको रोङ्सी खोला फुट्यो भने के हुन्छ? (हेर्नुहोस् भिडियो)

प्रकाशित : ७ असार २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल