Logo

खेलकुद

फुटबल विज्ञहरुको अनुमान : युरोकपको उपाधि जित्ने सम्भावना कुन देशको कति ?



युरोकप फुटबलको समूह चरणका खेलहरु जारी छ। फिफा विश्वकप विजेता देशहरुको वर्चश्व रहेको युरोकपको उपाधि कुन देशले जित्ला ? धेरै फुटबलप्रेमीहरुको आ–आफ्नै तर्क र विश्लेषण छ।

यसैबीच फुटबल विश्लेषकहरुको विचार र अनुमानलाई आधार बनाएर एक रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्टमा कुन टिमले युरोकपको उपाधि जित्ने सम्भावना कति रहेको उल्लेख गरिएको छ।

ड्राफ्टकिंग्सको उक्त रिपोर्टमा फ्रान्सले युरोकपको उपाधि जित्ने सम्भावना सबैभन्दा बढी रहेको उल्लेख गरिएको छ। जर्मनी पोर्चुगल र हंगेरीसँगै समूह एफमा रहेको फ्रान्सले एक खेल जितेको छ भने अर्को खेलमा बराबरी गरेको छ।

त्यस्तै फ्रान्सपछि युरोकपको उपाधि जित्ने सम्भावना जर्मनीको धेरै देखिएको छ। समूह चरणमा हालसम्म जर्मनीले एक खेलमा जित निकालेको छ भने अर्को खेलमा हार बेहोरेको छ।

उक्त सूचीमा इटाली तेस्रो स्थानमा छ। नकआउट चरणमा स्थान बनाइसकेको इटाली उच्च लयमा छ। चौथो स्थानमा बेल्जियम रहेको छ। बेल्जियम पनि नकआउट चरणमा प्रवेश गरिसकेको छ। त्यसपछि क्रमशः इंग्ल्याण्ड, स्पेन, पोर्चुगल, नेदरल्याण्ड रहेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ६ असार २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल