Logo

राजनीति

महोत्तरीमा मन्त्री चौधरीलाई भव्य स्वागत, भनिन्, ‘जनताकै आशिर्वादले मन्त्री भएँ’



जनकपुर – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई जन्मस्थान महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ। मन्त्री भएपछि पहिलो पटक शुक्रबार जन्म स्थान महोत्तरीको मटिहानी पुगेकी मन्त्री चौधरीलाई त्यहाँका स्थानीय जनताले भव्य स्वागत गरेका हुन्।

मटिहानी नगरपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा मन्त्री चौधरी सहभागी भएकी थिइन्। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरी आफ्ना स्वर्गीय दाजुको सम्झना गर्दै भावुक भएकी थिइन्। ‘म कहिले क्याबिनेट मन्त्री हुन्छु भनेर सोचेको थिइँन, तपाईहरुको माया, आर्शिवाद र सहयोगले म आज क्याबिनेट मन्त्री भएको छु। यसको सम्पूर्ण श्रेय तपाईहरुलाई जान्छ,’ उनले भनिन्।

आफू जहिले पनि मटिहानी आउँदा यहाँको जनताको अपार साथ, समर्थन र सहयोग रहेको जानकारी दिँदै आफू मन्त्री पदमा भए पनि नभएपनि सधैं जनताको दुःख सुखमा साथ रहने प्रतिबद्धता उनले व्यक्त गरिन्।

त्यस्तै, मन्त्री चौधरीले शनिबार विहान जनकपुरमा रहेको माता जानकीको मन्दिरमा पुजाआजा र दर्शन गरेकी छन्। जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गरेका थिए। आजै मन्त्री चौधरीले प्रदेश २ का प्रदेश सांसदहरु सँग भेटघाट र शुभकामना आदान प्रदान समेत गरेकी छन्। मन्त्री चौधरी नागरिक समाज, स्थानीय नेता कार्यकर्ता, आम सर्वसाधारण पत्रकारहरुसँग छोटो छलफल समेत गरेकी थिइन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ५ असार २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल