Logo

राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत, यस्तो छ अंकगणित



कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल विश्वासको मत लिनका लागि हतारिएका छन्।

नेपालको राजनीतिले कुन बेला कोल्टे फेर्ने हो भन्ने आशं’कामा उनले मुख्यमन्त्री नियुक्त भएको केही दिनपछि नै विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन्। अहिले उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ। निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वा’सको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बेनका थिए।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज मत मागेका हुन्।

काँग्रेसबाट मुख्यमन्त्री बनेका पोखरेललाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका साथै स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ।

गण्डकी प्रदेशमा एमालेको २७ सांसद् छन्। नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीको २ र राष्ट्रिय जनमोर्चामाको २ र एक स्वतन्त्र सांसद छन्। पोखरेललाई बहुमतका लागि ३० सांसदको मत भए पुग्छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ४ असार २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल