Logo

मनोरञ्जन

बलिउड नायक सुनिल सेट्टीले अनमोलसँग नेपाली फिल्म खेल्दै! कति लिन्छन् पारिश्रमिक ?



काठमाडौं – बलिउड नायक सुनिल सेट्टीले नेपाली फिल्ममा काम गर्ने बताइएको छ।

नायक सेट्टीले चलचित्र ‘एक्स ९’ मा काम गर्ने मुकुन्द भट्टले जानकारी दिएका छन्। ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक भट्टले चलचित्र ‘एक्स ९’का लागि सेट्टीलाई नेपाली पर्दामा उतार्न लागेका हुन्।

सुनिललाई खलनायकको भूमिकाका लागि अफर गरिएको हो। सुनिलसँग मौखिक कुरा भैसकेको र यसमा उनी सकारात्मक रहेको निर्माण पक्षले बताएको छ। सुनिलसँग एक साताको समय मागिएको छ।

सुनील सेट्टीले सहमत भएमा लकडाउनपछि कागजी सम्झौता हुनेछ। सुनिलले दिनको पारिश्रमिक लिने भएकाले एक सातामा नै उनको छायांकन सक्ने योजना निर्माणपक्षको छ। पारिश्रमिकका विषयमा पनि कुरा भइरहेको निर्देशक भट्टले जानकारी दिए।

यो चलचित्रको छायांकन नेपाल, भारत र यूरोपका विभिन्न देशमा गर्ने तयारी गरिएको छ। चलचित्रका लागि नायक अनमोल केसीलाई पनि अफर गरिएको छ। चलचित्रको शिर्ष भूमिकामा अनमोललाई अफर गरिएको र उनी पनि काम गर्न तयार रहेको निर्देशक भट्टले जानकारी दिए।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : ३ असार २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल