Logo

खेलकुद

पेनाल्टीले गर्दा खेल परिवर्तन भयो : लियोनल मेसी



अर्जेन्टिनाका कप्तान लियोनल मेसीको उत्कृष्ट फ्रिकिकि गोल बाबजुद कोपा अमेरिकामा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको छ।

मंगलबार बिहान भएको खेलमा दुई टोलीले एक–एक गोलको बराबरी खेलेका हुन्। प्रतिस्पर्धात्मक खेलको ३३ औं मिनेटमा मेसीले उत्कृष्ट फ्रिकिक गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए।

खेलको दोस्रो हाफको ५६ औं मिनेटमा अर्जेन्टिनाका खेलाडीले चिलीका खेलाडी अर्थुरो भिडाललाई डि बक्समा लडाएपछि चिलीले पेनाल्टी पाएको थियो। पेनाल्टी भिडालले नै प्रहार गरेका थिए। पेनाल्टी अर्जेन्टिनाका गोलरक्षकले बचाए। तर, रिबाउण्डमा आएको बललाई चिलीका इडुअर्डो भार्गासले पोष्टको दिसा दिए।

त्यसपछि खेलमा अन्य गोल नहुँदा दुई टोलीले अंक बाँडेका हुन्। खेलपछि अर्जेन्टिनाका कप्तानले चिलीवि’रुद्धको खेल कठिन भएको बताएका छन्।

‘हाम्रो लागि यो खेल निकै कठिन भयो,’ थकित मेसीले भने, ‘हामी शान्त हुनुपर्थ्यो। बल पोजेसनमा बलियो हुँदै छिटोछिटो खेल्नुपर्ने थियो।’

त्यस्तै, मेसीले पेनाल्टीका कारण खेलको अवस्था परिवर्तन भएको बताएका छन्। ‘पेनाल्टीले पनि खेललाई परिवर्तन गरिदियो। हामी अब बाँकी खेलमा केन्द्रीत भएका छौं,’ मेसीले थपे।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : १ असार २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल