Logo

राजनीति

कांग्रेस सभापति देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता



काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

वरिष्ठ नेता नेपाललाई भेट्न कांग्रेस सभापति देउवा नेपाल निवास कोटेश्वर पुगेका थिए। देउवाको साथमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का रहेको बताइएको छ।

देउवा निकट स्रोतका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। हाल दुई नेता छलफलमै छन्। पहिलो पटक प्रतिनिधि सभा विघटन भएदेखि एमाले नेता नेपाल कांग्रेससँग नजिकिएका छन्।

विपक्षी गठबन्धनको नेतृत्व कांग्रेसले गरिरहेको छ भने त्यसमा माओवादी केन्द्र, जनता समावजादी पार्टी (जसपा) उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष र एमालेका वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहले साथ दिइरहेकाे छ।

विपक्षी गठबन्धनले संसद पुनर्स्थापना हुनुपर्ने, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दिएका थिए। संवैधानिक इजलासमा उक्त रिटमा सुनुवाइ भइरहेको छ भने सर्वोच्चले सरकार र राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश दिएको छ।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल