Logo

खेलकुद

कोपा अमेरिका : पहिलाे खेलमा ब्राजिल र भेनेजुएला भिड्दै, हालसम्म काे बलियाे ?



सोमबार बिहानबाट कोपा अमेरिका शुरु हुँदैछ।

कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्दैनन्। खेल नेपाली समयअनुसार सोमबार बिहान (आइतबार राति) २ः४५ बजे शुरु हुनेछ।

खेलहरु शुरु हुनै लाग्दा कोमा ब्राजिलमा आयोजना गर्ने निर्णय भएको थियो। कोरोना महामारीका कारण शुरुमा ब्राजिलले प्रतियोगितामा सहभागी नहुने बताएपनि अन्त्यमा सहभागी हुन राजी भएको थियो।

हालसम्म ब्राजिल र र भेनेजुएलाबीच २७ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये २२ खेल ब्राजिलले जितेको छ। ३ खेल बराबरीमा सकिँदा २ खेल भने भेनेजुएलाले जितेको छ।

ब्रािजल र भेनेजुएलाबीच सन् १९५९ को अगस्टमा पहिलो खेल भएको थियो। उक्त खेलमा भेनेजुएला ५–३ गोलले विजयी भएको थियो। पछिल्लो पटक यी दुई टोलीको भेट सन् २०२० को नोभेम्बरमा भएको थियो। विश्वकप छनोटको सो खेलमा ब्राजिल १–० गोलले विजयी भएको थियो।

कोपा अमेरिकाका हालसम्म ब्राजिल र भेनेजुएलाको भेट ८ खेलमा भएको छ। तीमध्ये ६ खेलमा ब्राजिल विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ। हाल फिफा वरियतामा ब्राजिल दोस्रो स्थानमा छ। भेनेजुएला वरियताको ३० औं स्थानमा छ।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : ३० जेष्ठ २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल